१५ पुराना साधनको दर्ता खारेज गर्दै भारत, नेपालमा यस्तो छ ब्यवस्था

काठमाडौं । भारतीय सडकमा गुड्दै आएका १५ वर्ष भन्दा पुराना सबै सरकारी सवारीसाधनको दर्ता खारेज हुने भएको छ ।
सडक यातायात तथा राजमार्ग मन्त्रालयले एक सूचना जारी गर्दै १५ वर्ष पुराना साधनको दर्ता खारेज गर्न लागेको हो ।

मन्त्रालयका अनुसार सार्वजनिक यातायात संस्थान र सार्वजनिक संस्थानको स्वामित्वमा रहेका बसलगायत प्रदेश र केन्द्र सरकारको स्वामित्वमा रहेका साधनको दर्ता खारेज हुन लागेको हो ।

यो व्यवस्था भारतमा अप्रिल १, २०२३ देखि लागु हुने छ । जहाँ सरकारी स्वामितमा रहेका १५ वर्ष पुराना सवारीको दर्ता रद्द र खारेज हुनेछ ।

भारतमा राष्ट्रिय सवारी साधन स्क्र्याप नीति २०२१ मा सुरु गरिएको थियो । यसको उद्देश्य संचालनका लागि अयोग्य र प्रदुषण गर्ने सवारी साधनहरूलाई चरणबद्ध रूपमा हटाउनु रहेको छ ।

नेपालमा के छ अवस्था ?

नेपालमा सरकारले २० वर्ष पुराना सार्वजनिक सवारीसाधन संचालनमा रोक लगाएको छ । तर, यसलाई निजी क्षेत्रले भने विरोध गर्दै आएका छन् । उनिहरुको विरोध कै कारण यो ब्यवस्था पूर्ण कार्यान्वयनमा आउन सकेको छैन ।

देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटना बढ्दो संख्यामा रहेकाले सरकारले यस्ता सवारी हटाउने निर्णय गरेको थियो ।


Back_to_top