काठमाडौं । कतार सरकारले नेपाल सरकारलाई तीन वटा मर्सिडिज बेञ्चका उपहार दिएको छ । उपहार स्वरुप दिइएको यी कार आज परराष्ट्र मन्त्रालयमा हस्तान्त्रण गरिएको हो ।
परराष्ट्र मन्त्रालयमा आयोजित हस्तान्तरण कार्यक्रममा नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल हैलले कतार सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललाई साँचो दिएर मर्सिडिज कार हस्तान्तरण गरेका हुन् ।
उक्त उपहारको रुपमा आएको कारको सँचो लिदैँ परराष्ट्र सचिव पौड्यालले कतार सरकारलाई धन्यवाद दिए । उनले भने‚ ‘कार उपहार प्राप्त भएकोमा मात्र होइन, कतार सरकारले नेपालप्रति देखाएको सद्भाव र निरन्तर सहयोगको लागि सम्पुर्ण नेपालीको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु।’
योसँगै परराष्ट्र मन्त्रालयसँग तीनवटा सुविधा सम्पन्न कार थपिएको छ ।

