टोयोटाको पहिलो इलेक्ट्रीक एसयूभी २०२१ मै आउने

काठमाडौं । टोयोटाले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी सन् २०२१ मा नै ल्याउने घोषणा गरेको छ । कम्पनीले फुल इलेक्ट्रीक एसयूभीको रुपमा नयाँ गाडी ल्याउने भएको हो ।

टोयोटाको नयाँ एसयूभी सुबरुसँगको सहकार्यमा आउने भएको हो । त्यसको लागि टोयोटा र सुबरु मिलेर नयाँ इभी प्ल्याटफर्म तयार गरेको जानकारी टोयोटाले दिएको छ । यद्यपी अहिलेसम्म नयाँ एसयूभीको डिजाइन भने कम्पनीले बाहिर ल्याएको छैन ।

टोयोटा जेडइभी फ्याक्ट्रीका डेपुटी चीफ अफिसर कोजी तोसोहिमाका अनुसार अबको केहि महिनामा नै अल न्यू मिडसाइज एसयूभी तयार हुने छ । उनका अनुसार नयाँ एसयूभी हेर्न सुन्दर हुने छ भने चलाउन सहज र आरमदायी हुने छ ।

यसको उत्पादन टोयोटाको जापानमा रहेको जेडइभी फ्याक्ट्रीमा भइरहेको कम्पनीले जनाएको छ । साइजमा टोयोटा र्‍याभ फोर जत्रै हुने एसयूभीको ह्वीलवेस भने लामो हुने अनुमान गरिएको छ । कम्पनीले केहि महिना भित्र यसको प्रडक्सन मोडलको ग्लोवल प्रिमियर गर्ने तयारी गरिरहेको छ ।

साथै, टोयोटाले इ–टिएनजीए प्ल्याटफर्मको प्रयोग यसमा पनि गर्ने छ । नयाँ एसयूभी फ्रन्ट ह्वील, रियर ह्वील र फोर ह्वील ड्राइभ अप्सनमा आउने छ । यी एसयूभी फरक साइजको व्याट्री र मोटरमा उपलब्ध गराउने अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

नयाँ एसयूभी बजारमा आएसँगै टोयोटाले नयाँ इ–टिएनजीए प्ल्याटफर्ममा अन्य इलेक्ट्रीक कारहरुको उत्पादन गर्ने छ । जसमा क्रसओभर, ठूला एसयूभी, सेडान र एमपीभीहरु बनाउने जनाएको छ । अहिले कम्पनीले प्रयोगमा ल्याउने नयाँ प्ल्याटफर्म सुबरुले पनि प्रयोग गर्ने बताइएको छ ।


Back_to_top