एकै पटक १ हजार रुपैयाँले बढ्यो ट्राफिक जरिवाना

काठमाडौं । ट्राफिक प्रहरीले सडक अनुशासन पालना नगर्ने चालकलाई गर्ने कारबाही वापत लगाउँदै आएको जरिवाना वृद्धि गरेको छ । यसअघि कारबाहीमा पर्दा ५०० रुपैयाँ जरिवाना गर्दै आएको १६ नियम उल्घंनमा लाग्ने जरिवाना एक हजार रुपैयाँले बढाएर १ हजार ५०० रुपैयाँ बनाइएको हो ।

सडक अनुशासन कायम गर्न ट्राफिक जरिवाना वृद्धि गरिएको हो । यातायात व्यवस्था विभागले कसुरका किसिम छुट्टाएर जरिवाना गर्न ट्राफिक प्रहरीलाई अख्तीयारी दिएको हुन्छ । सोही अनुसार पुस ३ गतेबाट जरिवाना वृद्धि गरिएको हो ।

कसुरलाई क, ख, ग, घ, ङ गरी पाँचखण्डमा छुट्टाएर जरिवाना गर्दै आएकोमा ‘ङ’ खण्डमा रहेको १६ गल्तीमा लाग्दै आएको जरिवाना ५ सयबाट बढाएर १ हजार ५ सय बनाइएको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।

यी हुन् जरिवाना वृद्धि गरिएका गल्ती

१. ट्राफिक बत्तीले रोक्न संकेत गरेकोमा नरोकेमा ।

२. सवारी अड्याउन वा राख्न निषेध गरिएको ठाउँमा वा समयमा सवारी अड्याएमा वा रोकेर राखेमा ।

३. सवारी मोड्न निषेध गरिएको ठाउँमा सवारी मोडेको ।

४. सडकमा गलत साईड तर्फबाट सवारी चलाएको ।

५. एकतर्फी सडकमा सो विपरित सवारी चलाएको ।

६. अवस्था ठिक नभएको सवारी चलाएको ।

७. राति बत्ति नवालि सवारी चलाएको ।

८. सवारी चलाउन निषेध गरिएको ठाउँमा वा समयमा सवारी चलाएको ।

९. नम्बर प्लेट नराखी सवारी चलाएको ।

१०. पेटी नवाँधि वा हेल्मेट नलगाई सवारी चलाएको ।

११. सार्वजनिक सवारीको चालकले यात्री लिन इन्कार गरेको ।

१२. लापरवाहिका साथ सवारी चलाएको ।

१३. सवारीको वजन हद निर्धारण क्षेत्रमा बढी वजनको सवारी चलाएको ।

१४. स.चा.अ.प., स.द.कि., स.इ.प.साथमा नराखी सवारी चलाएको ।

१५. ट्राफिक संकेत वा इशारा उल्लंघन गरी सवारी चलाएको ।

१६. ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा ध्वनि संकेत दिए


Back_to_top