टाटाको मेगा सर्भिस क्याम्प सुरु, कार सर्भिसमा नगद फिर्तादेखि छुटैछुट

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आज पुस १० देखि १२ सम्म मेगा सर्भिस क्याम्प आयोजना गर्ने भएको छ । कम्पनीका अनुसार टाटाको देशभर १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुबाट क्याम्प सञ्चालन हुनेछन् ।

कम्पनीका अनुसार काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित ग्राहक केन्द्रबाट क्याम्प सञ्चालन हुनेछन् ।

त्यसैगरी उपत्यका बाहिर पोखरा, इटहरी, मेची, बिरगंज, ढल्केबार, हेटौंडा, धनगढी र नेपालगञ्ज ग्राहक सेवा केन्द्रमा क्याम्प सञ्चालन हुनेछन् ।

क्याम्पमा टाटाका पेसेन्जर कारहरुको प्रभावकारी ढंगले आवश्यक जाँच गरिने कम्पनीले जनाएको छ। परीक्षण गराउँदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरु प्राप्त गर्ने सक्ने कम्पनीले जनाएको छ ।

म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमशः १८, १५ र १८ प्रतिशत छुट लगायत टप वासिङ, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक अप , ब्याट्री र इलेक्ट्रिकल चेकअपको सुविधा पनि निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ ।

यसको अतिरिक्त यस क्याम्पमा सञ्जीवनी इन्जिन प्याकेज अन्तर्गतको ४ हजार रुपैयाँ नगद फिर्ताको व्यवस्था रहेको जनाइएको छ।


Back_to_top