तोकेभन्दा छिटो सवारी चलाउनेलाई थपियो कारवाही

काठमाडौं । के तपाईंले काठमाडौँ उपत्यकामा तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ रु चलाउने गर्नु भएको छ भने सावधान हुनुहोला । अब छिटो सवारी चलाउनेले पनि मापसे र लेनक्रसको जस्तै एक घण्टा ट्राफिक सचेतना कक्षा लिनु पर्ने भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई आगामी मङ्सिर १५ गतेदेखि ट्राफिक सचेतना कक्षा सञ्चालन गर्ने भएको छ । कार्यालयले आगामी मङ्सिर १५ गतेदेखि तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई अनिवार्य कक्षा सञ्चालन गर्न लागेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना भई मानवीय क्षति भएको भन्दै दुर्घटनालाई न्यूनीकरण गर्नका लागि जरिवनासहित सचेतना कक्षाको व्यवस्था सुरु गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७८–७९ मा तीव्र गतिका कारण ३ हजार ५४३ र चालु आवको तीन महिनामा तीव्र गतिका कारण ६४९ दुर्घटना भएको छ । आव २०७८–७९ मा १८ हजार ४४७ र चालु आवको तीन महिनामा ८ हजार ५८४ तीव्र गतिमा चलाउने चालकलाई कारबाही गरे पनि सवारी चालकमा सचेतना कमी भएको भन्दै कक्षा सञ्चालन गर्न लागिएको प्रवक्ता भट्टले बताए ।


Back_to_top