एमएडब्लू वृद्धिले ल्याउने भयो इलेक्ट्रीक कमर्शियल भेहिकल

काठमाडौं । नेपालमा अटोमोवाइल कारोबारको क्षेत्रमा अग्रणी कम्पनी एमएडब्लू वृद्धिले विद्युतीय साधन पनि ल्याउन भएको छ । त्यसको लागि कम्पनीले ओमेगा सिक्की मोविलिटी (ओएसएम)सँग सम्झौँता गरेको हो ।

ओमेगा सिक्कीले उत्पादन गरेका तीन पाङ्ग्रे सवारीसाधन अबको केही दिनपछि नै नेपाल ल्याएर विक्री वितरण गर्ने योजना एमएडब्लू वृद्धिले बनाएको छ । कम्पनीले आज एक विज्ञप्ती जारी गर्दै विद्युतीय तीन पाङ्ग्रे सवारीसाधन विक्री सुरु गर्न लागेको जनाएको हो ।

प्रदुषण रहित सवारीसाधन विक्री गर्दै सरकारको विद्युतीकरणको योजनामा सहयोग गर्न एमएडब्लू वृद्धिले विद्युतीय साधन ल्याउन लागेको बताएको छ ।

ओमेगा भारत र अन्य देशमा अटोमोटीभ्स र इन्जिनियरिङ उद्योगको लागि स्टीलका पार्टस् उत्पादन गर्ने कम्पनी हो । विगत ५ वर्षमा कम्पनीले अटोमोवाइल, पूर्वाधार लगायतका क्षेत्रमा तिब्र लगानी विस्तार गर्दै आएको छ । यही कम्पनीले उत्पादन गरेको तीन पाङ्ग्रे लाइट कमर्शियल गाडी नेपाल आउन लागेको हो ।


Back_to_top