काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विद्युतीय सवारी साधनमा शून्य कर लगाउने घोषणा गरेको छ । बिहीबार पार्टीले चुनावी ‘वाचापत्र’ सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।
वातावरणको सौन्दर्य, संरक्षण र उपयोगिता वृद्धि गर्ने उद्देश्यले विद्युतीय सवारीसाधनको प्रयोग बढाउन शून्य कर नीति अपनाउने घोषणा गरेको छ ।
साथै, पेट्रोलियम इन्धनबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा परिवर्तन गर्न चाहनले शत प्रतिशत कर्जा उपलब्ध गराउने र ५ वर्षभित्र इन्धनबाट चल्ने सवारीको विक्री वितरण बन्द गर्ने घोषणा गरेको छ ।
‘विद्युतीय सवारी साधनमा शुन्य कर तथा पेट्रोलियम इन्धनबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा परिवर्तन गर्न शत प्रतिशत कर्जा दिइनेछ । यसका साथै ५ वर्ष भित्र पेट्रोलियम इन्धनबाट चल्ने सवारीको विक्री वितरण बन्द गरिनेछ,’ पार्टीको घोषणापत्रमा उल्लेख छ ।