पोखरा । पर्यटकीय राजधानी पोखरामा लिपमोटर र सिट्रोनको अत्याधुनिक शोरुम खुलेको छ ।
पोखरा क्षेत्रका लागि लिपमोटर र सिट्रोन गाडीका लागि आधिकारिक बिक्रेता एसएसएल मोटर्स कम्पनी प्रालिले पोखराको शिवचोकमा नयाँ शोरुम संचालनमा ल्याएको हो ।
उक्त मल्टिब्राण्ड शोरुमबाट कम्पनीले थ्रीएस (सेल्स, सर्भिस र स्पेयर्स) सेवा प्रदान गर्नेछ । पोखरामा अन्तर्राष्ट्रिय स्तरको शोरुम खुलेसँगै यस क्षेत्रको अटोमोबाइल क्षेत्र थप सशक्त भएको विश्वास गरिएको छ ।
उक्त शोरुमले प्रिमियम, ग्राहक–केन्द्रित अटोमोटिभ अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ । शोरुममा उपस्थित भएर पोखरा क्षेत्रका ग्राहकले टेस्ट ड्राइभ, विशेषज्ञ परामर्श र दुवै ब्रान्डका नवीनतम मोडेलहरूबारे प्रत्यक्ष बुझ्न सक्ने छन् ।
लिपमोटर बी १० सार्वजनिक
शोरुम उद्घाटनकै अवसरमा पोखरामा लिपमोटरको नयाँ मोडल बी १० विद्युतीय गाडी समेत सार्वजनिक भएको छ ।
लिपमोटर बी १० स्मार्ट, सुरक्षित र आकर्षक गाडी हो । लाइफ र डिजाइन गरी लिपमोटर बी १० नेपालमा दुई भेरियन्टमा उपलब्ध छ ।
लाइफ भेरियन्टको आधिकारिक मूल्य ५५ लाख र डिजाइन भेरियन्टको मूल्य ६० रुपैयाँ तोकिएको छ । तर, कम्पनीले अहिले विशेष छुट दिँदै लाइफ भेरियन्ट ४९ लाख ९९ हजार रुपैयाँ र डिजाइन भेरियन्ट ५६ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराउने भएको छ ।
नयाँ लिपमोटर बी १० ईभीमा १६० किलोवाटको इलेक्ट्रीक मोटर जडान छ । यसमा ६७.१ किलोवाट आवर एलएफपी ब्याट्री दिइएको छ । जसले एकपटको फुलचार्जमा ६०० किमी रेन्ज दिने सीएलटीपीले प्रमाणित गरेको छ ।
बी १० एसयूभीमा ओटीए अपडेटसहितको एआइ संचालित स्मार्ट ककपिट, लेन असिस्ट, इमर्जेन्सी ब्रेकिङ, ३६० डिग्री क्यामेरा सहित उन्नत एडास सुरक्षा प्रणाली लगायत फिचर छन् ।
ग्राहकले अब एसएसएल मोटर्सको पोखरा शोरूममा गएर लिपमोटर बी १० को अवलोकन र टेस्ट ड्राइभ गर्न सक्ने छन् ।

