काठमाडौं । सेरेसको लागि नेपालको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले नेपालमा ५०० युनिट पुरा गरेको जनाएको छ । कम्पनीले काठमाडौंको शोरुममा ५०० युनिट पुरा गरेको अवसरमा ‘केक कटिङ सेरोमनी’ आयोजना गरेको हो ।
नेपालमा सन् २०२३ बाट बिक्री सुरु भएको सेरेस-३ र मिनी कार मिलाएर ५०० युनिट पुरा भएको हो । कम्पनीले नयाँ मोडलहरु सेरेस-७, ८ र ९ क्रमशः नेपाल ल्याउने पनि जनाएको छ ।
‘हामीले नेपाली बजारमा उपभोक्ताको अभुतपूर्व माया पाएका छौं । साथै, सेरेस-३ प्रतिको जनविश्वासले नयाँ मोडलहरु ल्याउन हौसला दिएको छ । यसैवर्षको अन्तिमबाट तीन नयाँ मोडलका एसयूभी नेपाल ल्याउने योजना बनाएका छौं । ती एसयूभी क्रमशः नेपाल आउने छन्’, एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक शिकारीयाले भने ।
चिनियाँ बजारमा आइटो ब्राण्डमा बिक्री हुँदै आएको एम-७, एम-८ र एम-९ मोडल नेपाल आउने भएका हुन् । यी तीन वटै मोडल नेपालमा सेरेस ब्राण्डमा उपलब्ध हुनेछ ।
यस्तो छ सेरेस-३
सेरेस-३ को सबैभन्दा बलियो पक्ष यसको १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स हो । यसमा ९९ किलोवाटको मोटर छ । ब्याट्री भने ५२.७ किलोवाट आवर क्षमताको पाउन सकिन्छ ।
आफ्नो सेग्मेन्टमा सबैभन्दा ठूलो एसयूभीको रूपमा परिचित सेरेस-३ ले आरामदायिक डबल कुशन सीटहरूका साथसाथै प्रर्याप्त हेडरूम र लेगरूम दिएको छ । चालक र यात्रु दुवैका लागि इलेक्ट्रिकल्ली एडजस्टेड सिटहरू, ३६० डिग्री क्यामेरा, ड्यास क्याम, एन्ड्रोइड अटो र एप्पल कार प्ले कनेक्टिभिटीका साथ रियल-टाइम अफलाइन जीपीएस पाउन सकिन्छ ।
यसमा १०.२५ इन्चको जडान गरिएको इन्फोटेंमेन्ट स्क्रीन र ड्राइभर इन्फोटेंमेन्ट सिस्टमले गर्दा प्रयोगकर्तालाई आरामदायिक र अन्तर्कियात्मक अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।