ट्रकले किचेर यस्तो बनाउँदा पनि काम गरिरहेको इलेक्ट्रीक कार

काठमाडौं । विद्युतीय गाडी दर्घटना भएपछि कस्तो अवस्थामा पुग्दासम्म काम गर्छ भन्ने एकिन भइसकेको छैन । चीनमा भएको एक दुर्घटनामा ट्रकले किचेर छेतविच्छेद बनाउँदा पनि ईभीको सबै फङ्गशन काम गरिरहेको घटना बाहिर आएको हो ।

कारमाथि परेको ट्रक

साओमी एसयू-सेभेन म्याक्सका मालिकले आफ्नो कार दुर्घटनामा परेको फुटेजहरु सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको कार माथि ट्रक परेको थियो । तर, पनि गाडीको सुरक्षा सुविधा अब्बल देखिएको हो ।

मे १३, २०२५ को रिपोर्ट अनुसार बैजनी कलरको एसयू-सेभेन म्याक्स खाली स्थानमा पार्क गरिएको थियो । माथिबाट आएको ट्रकले नियन्त्रण गुमाउँदा कारमा ठक्कर लागेर दुबै गाडी एक साथ तल खसे । तल खस्दा पनि कार माथि ट्रक परेको थियो ।

गाडीको बडीमा क्षती भएपनि कारको महत्वपूर्ण हिस्सा ब्याट्री, मोटर, बीएमएस जस्ता कुरामा कुनै क्षती नभएको बताइन्छ । साथै, दुर्घटनापछि गाडीका ढोकाहरु पनि सहजै खुलेका थिए । यतिसम्म कि गाडीको अगाडि दिइएको ट्रंक पनि सजिलै खुलेको थियो ।

दुर्घटनापछि कारको क्याविन

यस दुर्घटनापछि गाडीका मालिकले साओमीमा सीईओ ली जुनलाई ट्याग गरेर दुखद घटनाका बाबजुद आफु अर्को एसयूभी-सेभेन म्याक्स खरिद गर्ने जनाएका छन् । अहिले इन्टरनेट प्लेटफर्ममा भाइरल रहेको गाडीको सुरक्षा इन्जिनियरिङ अब्बल रहेको अनुमान गर्न सकिन्छ ।

साओमीले एसयू-सेभेनलाई ९०.१ प्रतिशत हाइ स्ट्रेन्थ स्टील प्रयोग गरेर बनाएको छ । गाडीका ए पीलर, बी पीलर र तल दिइएको बीमहरुले २००० एमपीए बराबरको फोर्स सहन सक्छ ।


Back_to_top