सन् २०२० पछि आएका ५ एसयूभीः जसले भारतमा बनेर ‘फाइभ स्टार रेटिङ’ पाए

काठमाडौं । सवारी सुरक्षालाई लिएर भारतीय अटोमोबाइल बजार निकै गाडी बढ्दै आएको छ । ग्लोबल एनसीएपीको ‘सेफर कार्स फर इन्डिया’ अभियानले सवारी सुरक्षामा भारतीय उतपादन खरो उत्रदै छन् ।

पछिल्लो समय भारत सरकारले यात्रुवाहक सवारी साधनमा केही सुरक्षाका फिचर्सहरु अनिवार्य गरेको छ । जसका कारण, सवारी खरिद गर्नेहरुका लागि जागरूकमा उल्लेखनीय सुधार भएको पाइन्छ ।

भारतमा संचालनमा आएको सेफर कार्स फर इन्डिया र सुरक्षा फिचर थप गर्ने अभियानको परिणामस्वरूप सवारी निर्माताहरूले सुरक्षीत कार उत्पादन गरी विक्री सुरु गरेका छन् । यसबीच, भारतमा निर्मित क्रयास टेष्टमा उत्कृष्ट अंक पाउन सफल कारहरु निम्न अनुसार छन् ।

स्कोडा कुशक/फक्सवागन टाइगुन

स्कोडा कुशक र फक्सवागन टाइगुनले ग्लोबल एनक्यापले गरेको क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाउन सफल भएका छन् । एउटै प्लेटफर्म र पार्टस् सेयरिङमा उत्पादन भएको टाइगुन र कुशक नेपालमा पनि विक्री हुँदै आएका छन् ।

यी दुई एसयूभीले एडल्ट अकुपेन्ट प्रोटेक्सनमा (२९.६४/३४) र चाइल्ड अकुपेन्ट प्रोटेक्सनमा (४२/४९) अंक ल्याई ५ स्टार रेटिङ पाएका हुन् ।

स्कोडा इन्डियाको नेतृत्वमा बनेको यी दुई एसयूभी ‘एमक्यूबी ए–जिरो आईएन प्लेटफर्म’मा बनेको हो । यी एसयूभीमा डुअल एयरब्याग, इएससी, इबीडीसहितको एबीएस, ट्रयाक्सन कन्ट्रोल सिस्टम, डुअल फ्रन्ट एयरब्याग, पाँचवटै सिटका लागि थ्री पोइन्ट सिटबेल्ट, रियर सिटको लागि आइएसओ–फिक्स चाइल्ड, टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता फिचर छन् ।

महिन्द्रा एक्सयूभी ७००

महिन्द्रा एण्ड महिन्द्राले आफ्नो उत्पादन एक्सयूभी ७०० एसयूभी भारतमा सार्वजनिक भएलगत्तै ग्लोबल एनक्यापमा क्र्यास टेस्टका लागि पठाएको थियो । एक्सयूभी ७०० ले एडल्ट अकुपेन्ट प्रोटेक्सनमा ५ स्टार (१६.०३/१७) र चाइल्ड अकुपेन्ट प्रोटेक्सनमा ४ स्टार (४१.६६÷४९) प्राप्त गरेको छ । यसको बडीशेल र फुटवेलको भाग स्थिर रहेको मूल्यांकन गरिएको थियो ।

चाँडै नेपाल आउन लागेको एक्सयूभी ७०० ले ग्लोवल एनक्यापमा आफ्नो भेरियन्ट परीक्षण गरेको थियो । यसमा डुअल फ्रन्टल एयरब्याग, इबीडीसहितको एबीएस र आइसोफिक्स चाइल्ड सिट एन्करेज रहेको थियो ।

यस एसयूभीको टप भेरियन्टमा पनि ७ वटा मध्ये ५ वटा अतिरिक्त एयरब्याग, ईएसपी, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, लेन किपिङ असिस्ट, एडेप्टिभ क्रुज कन्ट्रोल लगायत एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) पनि उपलब्ध रहेको छ ।

टाटा पन्च

नेपाल आउने क्रममा रहेको टाटा पन्च मायक्रो एसयूभी हो । यो सेग्मेन्टमा नै पहिलो ५ स्टार रेटिङ पाउन सफल पन्च भारतमा निकै सफल भएको छ । ग्लोवल एनक्याप क्र्यास टेष्टमा टाटा पन्चले एडल्ट अकुपेन्ट प्रोटेक्सनमा १७ मध्ये १६.४५ अंक प्राप्त गर्दै ५ स्टार रेटिङ प्राप्त गरेको छ । साथै, चाइल्ड अकुपेन्ट प्रोटेक्सनमा भने ४९ मध्ये ४०.८९ अंक प्राप्त गर्दै ४ स्टार पाएको थियो ।

टाटा पन्चको सेफ्टी फिचर्सहरुमा डुअल फ्रन्टल एयरब्याग, इबीडी र ब्रेक स्वे कन्ट्रोल सहितको एबीएस, आइएसओ–फिक्स चाइल्ड सिट एन्कर, रियर पार्किङ सेन्सर र रियर भ्यू क्यामेरा समावेश छन् । भारतमा कुनै प्रत्यक्ष प्रतिद्वन्द्वी नभएको टाटा पन्चले हाल मारुती सुजुकी इग्निस र सिट्रोन सी ३ जस्ता टलब्वाई ह्याचब्याकसँग प्रतिस्पर्धा गरिरहेको छ ।

महिन्द्रा एक्सयूभी ३००

सन् २०२० मा परीक्षण गरिएको महिन्द्रा एक्सयूभी ३०० सबैभन्दा सुरक्षीत मध्येको एक कार हो । यसले चाइल्ड अकुपेन्ट प्रोटेक्सनमा ४ स्टार र एडल्ट अकुपेन्ट प्रोटेक्सनमा ५ स्टार रेटिङ पाएको थियो ।

नेपालमा पनि विक्री हुँदै आएको एक्सयूभी ३०० मा सुरक्षाका लागि क्लास–लिडिङ ७ वटासम्म एयरब्याग, इबीडीसहितको एबीएस, फ्रन्टसँगै रियर पार्किङ सेन्सर, रोल ओभर मिटिगेसन सहितको ईएसपी, चारवटै पाङ्ग्रामा डिस्क ब्रेक, कर्नर ब्रेकिङ कन्ट्रोल, हिल स्टार्ट असिस्ट, फ्रन्ट र रियर फग ल्याम्प, टायर प्रेसर मोनिटरिङ सिस्टमका साथै रियर पार्किङ क्यामेरा जडान भएको छ ।

महिन्द्रा स्कर्पियो–एन

महिन्द्रा स्कार्पियो–एनले ग्लोबल एनक्याप क्र्यास टेस्टमा चाइल्ड अकुपेन्ट प्रोटेक्सनमा यसलाई ३ स्टार र एडल्ट अकुपेन्ट प्रोटेक्सनमा लागि ५ स्टार रेटिङ प्राप्त गरेको थियो । जसले क्रमशः ३४ मा २९.२५ र ४९ मा २८.९३ अंक प्राप्त गरेको हो ।

यस एसयूभीको बडीशेल इन्टिग्रिटीलाई स्थिर रेटिङ गरिएको छ । जसका कारण, स्कार्पियो–एन ग्लोबल एनक्यापले परिक्षण गरेको सबैभन्दा सुरक्षित बडी–अन–फ्रेम एसयूभी बनेको हो ।

महिन्द्राले स्कर्पियो एनमा ६ वटासम्म एयरब्याग, ड्राइभर ड्राउजनेस डिटेक्शन, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ४ डिस्क ब्रेक, इबीडीसहितको एबीएस, आईएसओफिक्स चाइल्ड सिट एन्कर, हिल होल्ड एण्ड डिसेन्ट कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टमका साथै डेडिकेटेड एसओएस बटन जस्ता सुरक्षा फिचर्सहरु प्रदान गरेको छ ।


Back_to_top