गियरबक्स भएको पहिलो इलेक्ट्रीक मोटरसाइकल, छिट्टै बजारमा आउने

काठमाडौं । भारतको अहमदावादमा रहेको स्टार्टअप कम्पनी मेटरले गियर भएको इलेक्ट्रीक मोटरसाइकल भारतमा जारी इलेक्ट्रीक अटोएक्स्पो २०२३ मासार्वजनिक गरेको छ । कन्स्पेप्ट मोडलका रुपमा सार्वजनिक गरेको यो मोटरसाइकलमा गियरबक्सका साथै लिक्वीड कुल्ड मोटरले पावर प्रदान गर्छ ।

कम्पनीले उत्पादन गरेको गियर भएको इलेक्ट्रीक मोटरसाइकलमा हाइ-इनर्जी ५ किलोवाट आवर लिक्विड कुल्ड ब्याट्री प्याक दिइएको छ । कम्पनीले भारतमा नै पहिलो पटक लिक्वीड कुल्ड टेक्नोलोेजी प्रयोग गरेको हो भने, यसको ब्याट्रीमा कुलिङ सिस्टम उपलब्ध छैन ।

मोटरसाइकलको बारेमा धेरै जानकारी बाहिर नआएपनि यसमा ४ स्पीडको मेनुअल गियर बक्स दिइएको छ ।

कम्पनीका अनुसार मेटरले मोटरसाइकललाई हाइक्वालिटी र सुरक्षित बनाउनका लागि मेटर ड्राइभ १.० सिस्टमको विकास गरेको छ । यसमा कम्पनीले हाइपर सिफ्ट मेनुअल गियरबक्सको प्रयोग गरेको छ ।

यो मोटरसाइकलमा बाइ फंगशनल एलइडी हेडल्याम्प, एलइडी टेलल्याम्प, मोवाइल चार्गिङ पोर्ट जस्ता फिचर पाउन सकिन्छ । यसमा फोरजी सर्पोट गर्ने कनेक्टिभिटी सिस्टम, ७ इन्च टच स्क्रीन, नेभिगशन, कल कन्ट्रोल, गियर इन्डिकेटर जस्ता एड्भान्स फिचर रहेका छन् ।

यो मोटरसाइकलको दुबै ह्वीलमा डिस्क ब्रेकका साथै डबल च्यानल एबीएस उपलब्ध छ ।

कम्पनीका अनुसार यो मोटरसाइकल छिट्टै नै बजारमा देख्न पाइने छ । कम्पनीले धेरै नामका मोटरसाइकलको पेटेन्ट दर्ता गरेर राखेको बताएको छ ।


Back_to_top