७० लाख घन्टाको परिक्षणपछि सार्वजनिक भयो पाँचौ जेनेरेशन रेञ्जरोभर

काठमाडौं । ल्याण्डरोभरले पाँचौ जेनेरेशन रेञ्जरोभर सार्वजनिक गरेको छ । विश्वभर निकै प्रतिक्षामा रहेको ल्याण्डरोभरको लग्जरी आइकोनिक एसयूभी रेञ्जरोभर पूर्णत नयाँ डिजाइनमा आएको हो ।

कम्पनीले ५ वर्ष बराबरको समय लगाएर ७० लाख घन्टाको परिक्षणपछि यसलाई सार्वजनिक गरेको हो । अझै ग्राहकले यसलाई पाउन भने कुर्नु पर्नेछ । सन् २०२२ को दोस्रो क्वाटरमा यसको डिलिभरी हुने जेएलआरले उल्लेख गरेको छ ।

ल्याडरोभरले सन् २०२४ मा यसको पूर्ण इलेक्ट्रीक भर्सन बजारमा ल्याउने जनाएको छ । पहिलो पटक सात सिट क्षमतामा आउन लागेको रेञ्जरोभरमा निकै लामो ह्वीलवेस रहने छ ।

कम्पनीले तीन महिनाको फरक पारेर पेट्रोल, डिजेल र प्लगइन हाइव्रिड भर्सनलाई बजारमा ल्याउने जनाएको छ । रेञ्जरोभरको सिग्नेचर ग्रिल, पावरफुल एलइडी टेलल्याम्प, एलइडी हेडल्याम्प, १३.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ल्याण्डरोभरको पिभी अपरेटिङ सिस्टम, १३.७ इन्चको हाई डेफिनेशन डिजिटल क्लष्टर, हेडअप डिस्प्ले, प्यासेन्जरलाई ११.४ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम र ८.० इन्चको टच कन्ट्रोल प्यानल दिइएको छ ।

यसमा ५.० लिटर क्षमताको सुपरचार्जर भि८ इन्जिन दिइएको छ । साथै, ३.० लिटर डिजेल र पेट्रोल इन्जिनमा पनि उपलब्ध हुने छ । प्लगइन हाइव्रिड मोडलमा रेगुलर इन्जिनको अलावा ३८.२ किलोवाट आवरको व्याट्री प्याक उपलब्ध छ । यसको फुलचार्जमा गाडीलाई १०० किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ ।


Back_to_top