यी हुन् नेपालमा पाइने ७ सस्ता एसयुभी, कुनको सुरुवाति मूल्य कति ?

काठमाडौं । नेपाली बजारमा कार प्रयोगकर्ताहरु बढ्दै गइरहेका छन् । प्रयोगकर्ता बढेसँगै बजारमा विभिन्न सेग्मेन्ट र मोडलका कारको उपलब्धता बढ्दै गएको छ । 

बजारमा कारको उपलब्धता धेरै भएकाले उपभोक्ताहरु कार छनोटमा कहिले कहिँ कन्फ्युज हुने गरेका छन् । 

पछिल्लो समय विश्वब्यापी रुपमा धेरै जसो उपभोक्ताको रोजाइमा एसयुभी पर्ने गरेको छ । यहाँ नेपाली बजारमा पाईने एसयुभीको बारेमा चर्चा गरिएको छ । 

हुन्डाई क्रेटा


हुन्डाई मोर्टसको नेपालको लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले बिक्री वितरण गर्दै आएको हुन्डाई क्रेटा कम्प्याक्ट एसयुभी सेग्मेन्टमा सबैभन्दा बढी रुचाईएको गाडी हो । भारतीय बजारमा पेट्रोल सेग्मेन्टको नम्बर वान एसयुभी भएको यो गाडी नेपाली बजारमा पनि सेग्मेन्ट लिडर एसयुभी हो । 

क्रेटा १.६ ड्युअल भिटिभिटी पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ । यसको नेपाली बजारमा सुरुवाति सबैभन्दा सस्तो भेरिएन्टको मूल्य ४२ लाख ५६ हजार रुपैयाँ रहेको छ । 

फोर्ड इकोस्पोर्ट


अमेरिकी कम्पनी फोर्डले उत्पादन गरेको इकोस्पोर्ट कार धेरैको रोजाइमा पर्ने गरेको छ । जीओ फोर्डले नेपाली बजारमा विक्री वितरण गरिरहेको यो कारमा फुल अप्टसमा ६ एयरब्याग रहेको छ । इकोस्पोर्टको सबैभन्दा सस्तो भेरिएन्टको मूल्य ३४ लाख ४० हजार रुपैयाँ रहेको छ । नेपाली बजारमा सबैभन्दा पहिला आएको कम्प्याक्ट एसयुभी यही हो ।  

टाटा नेक्सन


टाटा मोटर्सले करिब ११ महिना अगाडि भारतमा सार्वजनिक गरेको एसयुभी सेगमेन्टको नेक्सन नेपाली बजारमा आएको करिब ४ महिना पुरा भएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेक्सन नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । छोटो समयमा नेपाली बजारमा निकै बिक्री भएको यो कारको सस्तो भेरिएन्टको मूल्य ३४ लाख रुपैयाँ रहेको छ । 

मारुती सुजुकी भिटारा ब्रेजा


भिटारा ब्रेजा मारुती सुजुकीको धेरै बिक्री हुने मध्येको एउटा कार हो । भारतीय बजारमा २ बर्षमा ३ लाख बिक्री भएको यो कार नेपाली बजारमा सिजी मोटोकर्पले बिक्री वितरण गर्दै आएको छ । १.३ लिटर डिजेल इन्जिनमा उपलब्ध भिटारा ब्रेजाको सस्तो भेरिएन्टको मूल्य ३६ लाख ४९ हजार रुपैयाँ रहेको छ । यो कार नेपाली बजारमा समेत लोकप्रिय रहेको छ । 

रेनो डस्टर


रेनोको नेपालका लागि आधिकारीक बिक्रेता एडभान्स अटोमोबाइलले डस्टर गाडी भित्र्याएको हो बिगत २ वर्ष देखि नेपाली बजारमा बिक्री वितरण भइरहेको रेनो डस्टर फ्रान्सेली कार उत्पादक कम्पनी रेनोको उत्पादन हो । डस्टर एसयुभी नेपाली बजारमा भन्दा भारतीय बजारमा लोकप्रिय रहेको छ । भिन्न डिजाइनमा उपलब्ध यो एसयुभीको सुरुवाती मूल्य ३७ लाख ७८ हजार रुपैयाँ रहेको छ । 

महिन्द्रा टीयुभी ३००


भारतीय सवारी उत्पादक कम्पनी महिन्द्राको टीयुभी ३०० भारतमा चर्चित एसयुभी मध्येमा पर्छ । तर, नेपाली बजारमा महेन्द्राको अन्य उत्पादन यो भन्दा निकै बढि चर्चित रहेको छन् । विभिन्न भेरियन्टमा उपलब्ध टीयुभी ३०० को सुरुवाती मूल्य ३६ लाख ९५ हजार रुपैयाँ रहेको छ । नेपालमा अग्नि इनकर्पोरेटेडले महिन्द्राको गाडी उपलब्ध गराउँदै आएको छ ।

निसान टेरानो


जापानीज कार निर्माता कम्पनी निसानले ल्याएको कम्प्याक्ट एसयुभी टोरानो नेपाली बजारमा राम्रै गरिरहेको देखिन्छ । निसान गाडीको लागि नेपालको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले यसको नेपालमा बिक्री वितरण गर्दै आएको छ । १.६ लिटर डिजेल र पेट्रोल दुबै इन्जिनमा रहेको यो कारको सुरुवाति मूल्य ४२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।


Back_to_top