अपग्रेटेड एक्टीभा–१२५ सार्वजनिक, कहिले आउला नेपाल ?

काठमाडौं । १२५ सीसी इञ्जिन क्षमताका स्कूटरबीचको प्रतिस्पर्धालाई ध्यानमा राख्दै हरेक कम्पनीले स्कूटरलाई प्राथमिकताकासाथ अपग्रेड गरिरहेका छन् । अटो बजार र ग्राहकको मागलाई मध्यनजर गर्दै होन्डा कम्पनीले एक्टीभा-१२५ लाई रिलेभेन्ट विशेषतासहित अपग्रेड गरेको छ । 

विभिन्न सुविधाथप गरेको भन्दै कम्पनीले स्कूटरको नयाँ मूल्य ५६ हजार ६ सय २१ भारतीय रुपैयाँ निर्धारण गरेको छ । जुन पुरानो मूल्यभन्दा २५०० भारुले महंगो हो । 

होन्डा एक्टीभाको अपग्रेटेड संस्करणमा नयाँ एलइडी हेडल्याम्स, ४ इन १ लक इन्स्ट्रुमेन्ट क्लस्टर लगाइएको छ । नयाँ स्कुटरमा सिट खोल्न स्वीचको व्यवस्था गरिएको छ । त्यस्तै यो स्कुटरमा सर्भिस इन्डिकेटरसहित डिजिट ट्रिप मिटर समेत रहेको छ । मोबाइल चार्ज पोर्ट पनि स्कुटरमा उपलब्ध रहेको छ ।

कम्पनीले यस पूर्वएक्टीभा ५-जी र २०१८ होन्डा डियोको विशेषतामा अपग्रेड गरेको थियो । स्कूटरमा यूएसबी मोबाइल चार्जर र रेट्राक्टेबल हुकजस्ता विशेषता दिइएको छ । 

स्कूटरमा ब्लाक अलोय ह्वील लगाइएको छ भने ३ स्टेप एडजस्टेबल रियर सन्स्पेन्सन दिइएको छ । स्कूटरमा १२४.९ सीसी क्षमताको हेट इञ्जिन लगाइएको छ । यसले ८.५ पीएस पावर उत्पादन गर्छ भने १०.५४ एनएमटर्क उत्पादन गर्छ । 

साथै, यसमा, सिल्भर पेन्ट लगाइएको छ । यसलाई कम्पनीले ड्रमब्रेक र डिसब्रेक अप्सनमा बजारमा ल्याएको छ । एक्टीभा स्कूटरले बजारमा रहेका हिरो माइस्ट्रो-१२५, डूयट १२५ र सुजुकी १२५ सँग प्रतिस्पर्धा गर्ने आँकलन गरिएको छ । 

नेपाली बजारमा पनी एक्टीभाको बिक्री वितरण भइरहेको छ । स्याकार ट्रेडिङले आधिकारीक बिक्री वितरण गरिरहेको यो स्कुटर नाडा अटो शोसम्ममा नेपाल आउने आँकलन गरिएको छ ।


Back_to_top