ईभी मर्मत बारे बुझ्नु पर्ने ७ कुरा, पेट्रोल भन्दा कति फरक ?

काठमाडौं । परम्परागत मान्यता अनुसार विद्युतीय कारमा टायर, वाइपर ब्लेड र क्याबिन एयर फिल्टर मात्र मर्मत सम्भार गर्दा पुग्छ भन्ने छ । यहाँ अहिले गाडी बिक्री गर्ने कम्पनीहरुले पनि उपभोक्तालाई यति नै भनेको सुनिन्छ ।

कम्पनीहरुले सामान्य भाषामा उपभोक्तालाई बुझाउने यो कुरा सुन्दा एक हदसम्म सत्यनै लाग्छ । किनभने, सामान्यतया ईभीको लाइफ टाइममा पेट्रोल कारको तुलनामा कम मर्मत गर्दा पुग्छ ।

ईभीमा निगरानी गरिरहन पेट्रोल कारमा जस्तो इन्जिन आयल वा गियर आयाल हुँदैन । कम्बस्चन इन्जिनमा जस्तो ईभीमा गियरबक्स हुँदैन । ईभीलाई विन्डशिल्ड वाशर आयल चाहिन्छ । त्यसलाई ब्रेक आयल पनि चाहिन्छ । रिजेनेरेटीभ ब्रेकिङ सिस्टमको कारण विद्युतीय कारमा रहेका ब्रेकका कम्पोनेन्टहरू लामो आयुका हुन्छन् ।

ईभीको मर्मत खर्च आइसीई भन्दा बढी लाग्छ वा कम ?

सामान्यतया लाइफ टाइममा ईभीको सर्भिस खर्च कम नै लाग्छ । ईभीको खर्च कम लाग्नुमा धेरै कारण छन् । ईभीमा पेट्रोल कारहरूको तुलनामा धेरै कम चल्ने पार्टपूर्जा हुन्छन् ।

ग्यासोलिन कारमा जटिल इन्जिन प्रयोग गरिएको हुन्छ । जहाँ एकैपटक एक सेकेण्डमा सयौं पार्टपूर्जाहरू चल्छन् । तर, ईभी पावरट्रेनमा चल्ने एक वा दुई ड्राइभ मोटरहरू हुन्छन् ।

के ब्याट्री फेर्नुपर्छ ?

ईभीमा ब्याट्रीहरू कम्तीमा गाडीको लाइफ टाइम टिक्ने गरी डिजाइन गरिएको हुन्छ । धेरै विकशित देशमा गाडीको आयु नै १० देखि १५ वर्ष मानिन्छ । यस अवधिमा ब्याट्रीको ऊर्जा क्षमतामा सायद २० प्रतिशत हाराहारी गिरावट आउँछ । यसले कारलाई प्रयोग गर्न नसक्ने अवस्थामा पुर्याउन पर्याप्त हुँदैन ।

ईभीमा ब्याट्रीहरू अनुमान गरिएकोभन्दा लामो समयसम्म टिक्ने देखिएको छ । उत्पादकहरूले पुराना ईभी ब्याट्रीहरूलाई पुनः प्रयोगका लागि आपूर्ति गर्न पाउँदैनन् । किनभने उनीहरूले किन्ने अपेक्षा गरेका ब्याट्री प्याकहरूले अझै पनि सडकमा ईभी गुडिरहेका छन् ।

गत वर्षको स्ट्यानफोर्ड विश्वविद्यालयको अध्ययनले दिएको सुझाव अनुसार रियल वल्र्ड ड्राइभिङमा बारम्बार एक्सेलेर्सन, रोकिने र जाने हुन्छ । यसले ब्याट्री प्याकमा व्यापकबाट पावर माग गर्छ । यस्तोमा लामो ब्याट्री लाइफ र ऊर्जा अवरोध निरन्तर डिस्चार्ज र प्रयोगशाला परीक्षणहरूमा प्रयोग हुने नियमित रिचार्जभन्दा राम्रो हुन्छ ।

इलेक्ट्रीक मोटर पनि नियमित सर्भिसिङ गर्नुपर्छ 

ईभीको इलेक्ट्रीक मोटरको डिजाइन नै लाइफटाइमसम्म टिक्ने गरी गरिएको हुन्छ । विरलै मात्र नियिमित सर्भिसको आवश्यकता पर्छ । यो ‘कुलेन्ट पम्प’मा पनि लागू हुन्छ । जसले ब्याट्री, विद्युतीय मोटरहरू चिस्याउन वा तताउन तरल पदार्थ प्रवाह गर्दछ । त्यसैले नियमित सर्भिसिङ गर्नुपर्छ ।

ईभीको ब्रेकलाई नियमित सर्भिस चाहिन्छ 

ईभीमा पनि पराम्परागत ब्रेक हुन्छ । तर, रिजेनेटिभ ब्रेकिङका कारण ग्यासोलिनको तुलनामा खिइने अनुपात कम हुन्छ । जहाँ इलेक्ट्रीक मोटरलाई शक्ति दिन स्वीच्ड गरेर ब्याट्रीमा रिचार्ज गर्न बिजुली दिने जेनेरेटर बनाइएको हुन्छ । जसरी हाइब्रिड कारमा खपत भएको ऊर्जालाई पुनः प्राप्त गर्न उही प्रणाली प्रयोग गरिएको हुन्छ । यसको मतलब ब्रेक प्याडहरू धेरै लामो समयसम्म टिक्छन् ।

जुनसुकै ईभी कारको ब्रेकलाई पनि तरल पद्धार्थ चाहिन्छ । यदि ब्रेकमा तरल पद्धार्थ कम भएमा ग्यासोलिन कारको जस्तै चालकलाई अलर्ट गराउँछ ।

ईभीको कुन पार्टस नियमित सर्भिस गर्नुपर्छ ?

ईभीमा टायर र वाइपर ब्लेड जस्ता वस्तु रबरको प्रयोग गरिएको हुन्छ । एयर फिल्टर वा अन्य कार्यका लागि ब्रेक, विन्डशिल्ड वासर, सस्पेन्सन कम्पोनेन्ट र बल्बहरू भने नियमित जाँच गरिरहुनु पर्छ ।

ईभीमा टायर कति पटक फेर्नुपर्छ ?

पेट्रोल कारको तुलनामा ईभीको लागत बढी हुने एउट कारण टायर पनि हो । ग्यासोलिन सवारीको तुलनामा ईभीमा ५०० देखि २००० पाउण्ड बढी तौल भएका टायरहरू राखिन्छ । जसकारण ठूला र बलिया टायरले धेरै लोड बोक्न सक्छ ।

ईभीको गति तेज हुन्छ । चालकहरूले पनि चकित पार्ने देखाउन कुनै कसर बाँकी राख्दैनन् । यस्तोमा पेट्रोल गाडीको तुलनामा ईभीको टायर धेरै पटक बदल्नु पर्ने हुनसक्छ । पेट्रोल गाडीको पर्फमेन्स समान हुने भएकाले टायर एउटै गतिमा खिइन्छ ।


Back_to_top