थाहापाउनुस् एबीएस र इबीडीले कसरी गर्छ एक साथ काम

काठमाडौं । अहिले साना र सस्तो मूल्यका कारमा पनि अनिर्वाय एबीएस र इबीडी फिचर हुनु पर्ने भारत सरकारको सुरक्षा मापदण्ड रहेकाले भारतमा बनेर नेपाली बजारमा आउने सबै किसिमका कारहरुमा यो फिचर उपलब्ध रहेको छ ।

यस्तोमा यी फिचरले कसरी, के काम गर्छ भन्ने थाहापाउनु सबैको लागि आवस्यक हुन्छ । एबीएसको पुरा नाम एन्टी लक ब्रेकिङ सिस्टम हो भने इबीडीको पुरा नाम इलोक्ट्रोनिक्स ब्रेक फोर्स हो । 

एबीएसको काम

गाडी तिब्र गतिमा भएकै समयमा अचानक ब्रेक लगाउँदा गाडीलाई चिप्लनबाट बचाउने यसको मुख्य काम हो । यसमा दिइएको भल्भ र स्पीड सेन्सरको मद्दतले अचानक गाडीको चक्का लक हुनबाट यसले जोगाउँछ । 

विश्वमा नै एबीएसको पहिलो प्रयोग १९२९ मा हवाईजहाजमा गरिएको थियो । सन् १९६६ पछि यसको प्रयोग सिमित कम्पनीका कारहरु गरिएको हो भने पछि १९८० बाट अधिकांश यूरोपियन, जापानी र अमेरिकी गाडी उत्पादकले यसको प्रयोग गरेका थिए । 

सन् २००० पछि भने मोटरसाइकलमा पनि यसको प्रयोग व्यापक भएको पाइन्छ । अब भारतमा बन्ने १२५ सीसीभन्दा बढी क्षमताका मोटरसाइकलमा पनि एबीएस अनिर्वाय गरिएको छ । 

एबीएसमा मुख्यतया तीन पाटर्स हुन्छ । जसमा ह्वील स्पीड सेन्सर, इलोक्ट्रोकिक्स कन्ट्रोल यूनिट र हाइड्रोलिक सिस्टम रहेको हुन्छ । यी तीन फिचरको सहयाताले एबीएसले आफ्नो काम गर्छ ।

इबीडीको काम

इबीडीको मुख्य काम गाडीको भार, रफ्तार र सडकको अवस्थालाई विष्लेषण गर्दै छुट्टाछुट्टै चक्कामा आवस्यकता अनुसारको ब्रेक फोर्स प्रदान गर्नु हो । यसले गाडीको दुर्घटनामा निकै कमी ल्याउने छ ।

एबीएस र इबीडी दुबै अलग अलग फिचर हुन् तर, यी दुबै फिचर मिलेर काम गर्ने गर्छन् ।


Back_to_top