काठमाडौं । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राको आधिकारीक वितरक अग्नि इन्कर्पोरेटेड प्रालीले नेपाल शसस्त्र पुलिस क्लबसँग गरेको सम्झौता ५ वर्षको लागि पुनः थप गरेको छ ।
सो सम्बन्धी सम्झौंतापत्रमा आज एक कार्यक्रमकाबीच हस्ताक्षर भएको कम्पनीले जनाएको छ ।
शसस्त्र प्रहरी बलको मुख्यालय हलचोकमा सम्पन्न भएको हस्ताक्षर कार्यक्रममा ससस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, एपिएफका अतिरीक्त महानिरीक्षक राम शरन पौडेल, एपिएफ क्लबका अध्यक्ष, एकेडेमी चिफ र अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ, कार्यकारी निर्देशकहरु अर्जुन प्रसाद शर्मा तथा सुसन बैद्य श्रेष्ठको उपस्थिति रहेको थियो ।
सो सम्झौता कार्यक्रममा बोल्दै अग्नी ग्रुपका एमडी क्याविनेट श्रेष्ठले ‘अग्नि ग्रुपले यो सम्झौतालाई निरन्तरता दिन पाएकोमा गौरवान्वित भएको बताए ।’
अब ५ वर्षसम्म एपिएफ क्लबले राष्ट्रिय र अन्तर्राष्ट्रिय जुनसुकै खेलकुदका कार्यक्रममा सहभागि हुँदा अग्नि ग्रुप र महिन्द्राको लोगो अंकित जर्सी लगाएर खेल्ने छन् ।
अग्नि ग्रुपले नेपालको खेलकुद क्षेत्रलाई अझ उचाईमा पूर्याउन सकारात्मक प्रवाभ पारिरहेको छ । अग्नि ग्रुप कर्पोरेट सामाजिक उत्तरदायित्वको क्षेत्रमा सधै एक कदम अगाडिनै रहने गरेको र अमगामी दिनहरुमा नेपालको खेलकुद क्षेत्रको विकासका लागि सहयोग गर्न अझै उत्साहीत भएर लाग्ने विज्ञप्तीमा उल्लेख गरेको छ ।

