सबै आन्तरिक उठानको टिकट एउटै अनलाइनबाट

काठमाडौं। फ्लार्इइन नेपाल डटकम (flyinnepal.com) ले आन्तरिक हवार्इ टिकेट अनलाइनमार्फत बुकिङ गर्नसक्ने ब्यवस्था मिलाएको छ । 

पर्यटन ब्यवसायी सुमन घिमिरे लगायतको समूहले यो अनलाइन संचालनमा ल्याएको हो । घिमिरे क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष तथा जंगल सफारी लजका संचालक हुन् । 

कम्पनीले इसेवा र विभिन्न बैंकका डेविट र क्रेडिट कार्डको प्रयोगबाट रकम भूक्तानी गर्नसकिने व्यवस्था मिलाएको छ । 

‘सूचना प्रविधिको उच्चतम प्रयोग गरेर अनलाइनमार्फत हवार्इ टिकट सेवा सुरु गरेका हौं ।’ घिमिरेले बताए । 

‘अहिलेनै हामीले ग्राहकलाई धेरै किसिमका सुविधा दिन नसकेपनि ट्राभल एजेन्सि धाउनुपर्ने झन्झबाट सहजता प्रदान गरेका छौं । निकट भविष्यमा हामी ग्राहकलाई प्रत्यक्ष फाइदा कसरी पुर्याउन सकिन्छ भनेर काम गरिरहेको छौं’ अनले मेरोअटोसँग भने । 

कम्पनीले क्यान्सिलेशन शुल्क पनि कम लिने जनाएको छ।


Back_to_top