परिक्षणको क्रममा पहिलाे पटक देखियो नयाँ स्कर्पियो

भारतीय सवारी उत्पादक कम्पनी महिन्द्राको लोकप्रिय एसयूभी स्कर्पियोको नेक्स्ट जेन परिक्षणका क्रममा देखिएको छ । नेक्स्ट जेन २०२० महिन्द्रा स्कर्पियो जेड–१०१ कोड नेममा उत्पादन भइरहेको छ । 

महिन्द्राको चेगलपट्टुमा रहेको रिसर्च भ्याली आरएन्डडी सेन्टर नजिकै परिक्षणका क्रममा उक्त तस्बिर सार्वजनिक भएको हो । महिन्द्राले २००२ मा पहिलो पटक स्कर्पियो सार्वजनिक गरेको थियो । 

नयाँ स्कर्पियोमा कम्पनीले केही परिमार्जन गरेको बताइएको छ । नयाँ मोडलको लुक्समा समेत बदलाब आउनेछ । नेक्स्ट जेन स्कर्पियो साविकको भन्दा केही ठूलो बनाइएको छ । यो स्कर्पियोको हेडल्याप परिमार्जन गरिएको छ । 

२०२० महिन्द्रा स्कर्पियो नेक्स्ट जेन थारको प्लेटफर्ममा उत्पादन हुनेछ । यो कार २०२० को अटो एक्सपोमा सार्वजनिक हुने अनुमान छ । नयाँ स्कर्पियोमा बीएस–६ युक्त २.० लिटर डिजेल इन्जिन रहेन छ जसले १६० एचपी पावर जेनेरेट गर्नेछ । यो पुरानो स्कर्पियोको तुलनामा ८० किलो हलुका हुनेछ । 

नयाँ स्कर्पियोमा ६ स्पीड ट्रान्समिसन रहने छ भने अटोमेटिक ट्रान्समिसन अप्सनलमा हुनेछ । महिन्द्रा स्कर्पियो नेपाली बजारमा पनि लोकप्रिय एसयूभी हो ।  


Back_to_top