प्रतिलिटर २५ किलोमिटर माइलेज दिने स्वीफ्ट नेपालमा

काठमाडौं । नेपालका लागि सुजुकीको आधिकारीक बिक्रेता सीजी मोटोकर्पले ‘एपिक न्यू स्वीफ्ट’ सार्वजनिक गर्ने भएको छ । कम्पनीले पहिलो दिनदेखि नै अटो शोमा नयाँ जेनेरेशन स्विफ्ट राख्ने भएको हो ।

सन् २००५ मा पहिलो पटक नेपाल आएको स्वीफ्ट बजारमा स्टाइल र स्पोर्टीनेशको लागि परिचित रहदै आएको छ । स्वीफ्टलाई नेपाली ग्राहकहरूले यसको स्पोर्टी लुक्स, शक्तिशाली इन्जिन, प्रशस्त क्याबिन स्पेस र ड्राइभरमैत्री ह्यान्डलिङका कारण रुचाउँदै आएका हुन् ।

सुजुकीले नयाँ एपिक स्वीफ्टमा १.२ लिटर क्षमताको जेड-सिरिज इन्जिन दिएको छ । उक्त इन्जिन पर्फमेन्स र दिगोपनको लागि परिचत छ । उक्त इन्जिनले २५.७५ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दावी छ । एपिक नयाँ स्वीफ्टमा थुप्रै नयाँ युग सुहाउँदो प्रविधि र फिचरहरु छन् । यसले ग्राहकको ड्राइभिङ अनुभव र आरामदायी यात्रामा नयाँ पन दिनेछ ।

नयाँ स्विीफ्टको विशेषताहरुलाई पाँच प्रकारले परिभाषित गर्न सकिन्छ । जसमा आकर्षक एक्सटेरियर, आरामदायी क्याविन, आधुनिक सेफ्टी फिचर, रमाइलो ड्राइभिङ अनुभव र उन्नत प्रविधि हुन् ।

नयाँ कटिङ एज टेक्नोलोजीको प्रयोगले स्वीफ्टलाई अझै स्पोर्टी र स्टाइलिश बनाएको छ । क्याबिनमा ‘सेन्टर फ्लोटिङ डिजाइन’ सहितको नयाँ लेआउट छ । यसले प्रिमियम फिल र आरामदायी ड्राइभिङ अनुभव प्रधान गर्नेछ । एलइडी प्रोजेक्टर हेडलाइट, एलइडी डीआरएल, कालो फ्रन्ट ग्रिल, सिगनेचर एलइडी रियर ल्याम्प १५ इन्चको ड्यूल टोन अलोय ह्वील यसमा पाउन सकिन्छ ।

चालकलाई सहज हुने किसिमले तयार गरिएको ड्यासबोर्ड, इन्फोटेन्टमेन्ट सिस्टम, चार्जिङ पोर्ट, पछाडि एसी भेन्ट्स, क्रूज कन्ट्रोल, किलेस इन्ट्री जस्ता फिचर यसमा छन् ।

नयाँ स्वीफ्टका सबै भेरियन्टमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, हिल होल्ड असिस्ट, एण्टी–लक ब्रेकिंग सिस्टम, ब्रेक असिस्ट, ३-प्वाइन्ट सीटबेल्ट पाउन सकिन्छ ।


Back_to_top