अल्टो के १० को नयाँ जेनेरेशन मोडल ६ भेरियन्टमा सार्वजनिक

काठमाडौं । इन्डो-जापानी ब्राण्डले आफ्नो इन्ट्री लेभल ह्याचव्याक कार अल्टोको के१० सिरिज विभिन्न ६ भेरियन्टमा सार्वजनि गरेको छ ।

भारतमा आजबाट विक्री सुरु भएको अल्टो के१० म्यानुयलमा स्टायडर्ड, एलएक्सआई, भिएक्सआई र भिएक्सआई प्लस भेरियन्टमा छ भने एएमटी गियरबक्समा भिएक्सआई र भिएक्सआई प्लस ल्याएको छ ।

भारतमा यसको मूल्य ३ लाख ९९ हजारदेखि ५ लाख ८३ हजार भारतीय रुपैयाँसम्म रहेको छ । विभिन्न ६ कलर भेरियन्टमा आएको अल्टो के१०को लम्बाई ३५३० एमएम, चौडाई १४९० एमएम र उचाई १५२० एमएम रहेको छ । यसमा २३८० एमएमको ह्वीलवेस पाउन सकिन्छ ।

झट्ट हेर्दा कम्पनीले नयाँ जेनेरेशन सेलेरियो जस्तो देखिने अल्टो के१० पुरानोको तुलनामा ८५ एमएम लामो, ४५ एमएम फराकिलो र २० एमएम लामो ह्वीलवेसको साथ आएको छ ।

मारुती सुजुकीले अल्टो के१० मा १.० लिटर के१०सी, थ्रि सिलिण्डर, ड्यूल जेट भीभीटी इन्जिन दिएको छ । प्रतिलिटर २४.९० किलोमिटर दावी गरिएको के१०मा रहेको इन्जिनले अधिकतम ६६.६२ पीएस पावर ८९ एनएम पीक टर्क प्रदान गर्न सक्छ । यसमा ५ स्पीड म्यानुयल र एएमटी गियरबक्स उपलब्ध छ ।

कम्पनीले यसको डिजाइनमा पनि ब्यापक परिवर्तन गरेको छ । नयाँ सिंगल पीस फ्रन्ट ग्रिल, सी आकारको बम्पर, तल्लो भागमा दिइएको एयर इन्टेक, स्वीप्टब्याक हेडल्याम्प, निकै स्मार्ट क्यावीन, १३ इन्चको स्टील ह्वील, स्क्वायर आकारको टेल ल्याम्प जस्ता विशेषता यसमा पाउन सकिन्छ ।


Back_to_top