अपाचे आरटीआर १६० को इन्जिन थप रिफाइन, थपिए यस्ता फिचर

काठमाडौं । भारती कम्पनी टीभीएसले अपाचे आरटीआर १६० टू भीको अपडेटेड भर्सन सार्वजनिक भएको छ । कम्पनीले विभिन्न अपडेटसहित ल्याएको नयाँ अपाचे आरटीआर १६० को नयाँ भर्सन भारतमा बिक्री सुरु भएको हो ।

टीभीएस मोटर्सले १ लाख ३० हजार ५२० रुपैयाँ तोकेर डबल च्यानल एबीएससहितको अपाचे आरटीआर १६० सार्वजनिक गरेको हो । कम्पनीले यसअघि १ लाख ३४ हजार ३२० रुपैयाँ भारतीय मूल्य तोकेर रेगुलर मोडलको बिक्री गर्दै आएको थियो ।

थप फिचर, रिफाइन र कम मूल्यमा आएको २०२५ अपाचे आरटीआर १६० मा ओबीडी टू बी कम्प्लायन्ट इन्जिन छ । यसमा रहेको इन्जिन १५९.७ सीसी सिंगल सिलिन्डर एयर-कुल्ड हो । उक्त इन्जिनले १६.०४ पीएस पावर तथा १३.८५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियर उपलब्ध छ ।

टीभीएसले अपाचे आरटीआरको २०२५ मोडलमा नयाँ ग्राफिकका साथै, रेड कलर अलोय ह्वील, ट्याङ्क एक्स्टेन्सन पनि दिएको छ । इन्जिन र कलरका अलावा प्रविधिमैत्री फिचरहरु थप भएका छन् ।

आरटीआर १६० फोर भीको नयाँ भर्सनमा स्मार्ट कनेन्ट फिचर दिइएको छ । यसको एलसीडी कन्सोलले भ्वाइस असिस्ट, टर्न वाइ टर्न नेभिगेशन, कल अलर्ट तथा राइड डाटा जस्ता डिजेल देखाउने छ । कम्पनीले तीन किसिमको ड्राइभ मोड स्पोर्टस, अर्वान र रेन दिएर ल्याएको हो ।

नयाँ अपाचे आरटीआर मोटरसाइकले बजाज पल्सर एन १६०, हिरो एक्स्ट्रीम १६० र होन्डा एसपी १६० जस्ता मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ । भारतमा बिक्री सुरु भएको यो मोटरसाइकल छिट्टै नेपाली बजारमा पनि उपलब्ध हुनेछ ।


Back_to_top