टेरा २५० एडभेञ्चर मोटरसाइकल आउँदै

काठमाडौं । नेपालमा पछिल्लो दिनमा एडभेञ्चर मोटरसाइकलको मागमा ह्वातै वृद्धि भएको छ । यो सेग्मेन्टमा अहिले होन्डा, यामाहा, हिरो, बीएमडब्ल्यू, क्रसफायर लगायतका ब्राण्डले मोटरसाइकल बिक्री वितरण गर्दै आएका छन् । यस्तोमा अप्रिलियाले नयाँ एडभेञ्चर मोटरसाइकल पनि नेपाल आउने सम्भावना बढेको छ ।

अहिले अप्रिलियाले भारतीय बजारमा परिक्षण गरिरहेको ‘टेरा २५०’ भारतमा सार्वजनिक भएको केही समयमा नै नेपाली बजारमा आउन सक्ने मोडलको रुपमा रहेको छ ।

अप्रिलियाले भारतमा ल्याउने कुनैपनि मोडल त्यसको केही दिन भित्र नेपाल ल्याउने विगतलाई हेर्ने हो भने टेरा २५० चाँडै नेपाल आउन सक्ने मोडल हो ।

अप्रिलिया टेरा १२५ र १५० सीसी क्षमताको इन्जिनमा अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण भइरहेको छ । यस्तोमा भारतलाई केन्द्रमा राखेर अप्रिलियाले टेरा २५० लाई दुई भेरियन्टमा ल्याउने अनुमान गरिएको छ । टेरा २५० मा एउटा स्टायडर्ड मोडल हुने छ भने अर्को एडभेञ्चर मोडल हुने छ ।

स्टायडर्ड मोडलमा १८ इन्चको ह्वील प्रयोग हुने छ भने एडभेञ्चर मोडलमा २१ इन्चको ह्वील रहने छ । यसमा सिएफ मोटो जिपीआरमा रहेको २४९ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्विड कुल्ड इन्जिन उपलब्ध रहने छ । उक्त इन्जिनले २६.१ बीएच पावर र २२ एनएम टर्क प्रदान गर्नेछ ।

कम्पनीले यी मोटरसाइकलमा अगाडि टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन दिएको छ । दुबै चक्कामा डिस्क ब्रेक उपलब्ध यी मोटरसाइकलमा डबल च्यानल एबीएस उपलब्ध रहने छ ।


Back_to_top