अप्रिलियाले ल्याउँदै म्याक्स-३०० स्कुटर, यस्ता छन् विशेषता

अप्रिलिया कम्पनीले भारतीय बजारमा एसआर म्याक्स–३०० स्कुटर सार्वजनिक गर्ने भएको छ । सुजुकीले केही समय अगाडि ल्याएको वर्गम्यान स्ट्रीट भारतीय बजारमा चर्चित बनेसँगै अप्रिलियाले म्याक्सी स्कुटर ल्याउने भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा निकै चर्चा कमाएको म्याक्सी सेग्मेन्टअन्तर्गतको अप्रिलियाको स्कुटरले राम्रो बजार पाउने कम्पनीको दाबी गरेको छ । 

हाल अप्रिलियाले ल्याउने भएको म्याक्सी स्कुटर एसआरएक्स–३०० मा २७८ सीसी लिक्विड–कुल्ड इन्जिन उपलब्ध हुनेछ । यो इन्जिनले ७५०० आरपीएममा २२ बीएचपी पावरकासाथै ६ हजार आरपीएममा २३ एनएम–टर्क उत्पादन गर्छ । यो मोडलमा विभिन्न आकर्षक विशेषता दिइएको कम्पनीले जनाएको छ ।

यसमा उपलब्ध एप्रोन इन्र्टगेटेक फ्रन्ट ब्लीङकरले स्कुटरलाई थप आकर्षक बनाएको छ । हाई–एड्जस्टेवल वाइन्ड–स्क्रिनले चालकलाई हावाबाट बचाउने छ । यसमा १५ लिटरसम्म पेट्रोेल अट्ने ट्याङ्की लगाइएको छ भने रियरमा एड्जस्टेबल प्रि–लोड सेटिङ्गकासाथै फ्रन्टमा ३५ एमएमको टेलिस्कोपिक–फर्क लगाइएको छ । 

अगाडिको टायरमा २६० एमएमको डिस्क–ब्रेक दिइएको छ, भने रियरमा २४० एमएमको डिस्क ब्रेक दिइएको छ । साथै, चालकको सुरक्षालाई मध्यनजर गर्दै यसमा डबल च्यानल स्ट्यान्डर्ड एबीएसको विशेषता दिइएको छ । 

नेपाली बजारमा पनि अप्रिलियाका उत्पादनहरु बिक्री वितरण हुँदै आएका छन् । यस्तोमा कम्पनीको नयाँ उत्पादन नेपाली बजारमा पनि आउन सक्ने अनुमान गरिएको छ ।


Back_to_top