उपत्यकाका ५ स्थानमा इलेक्ट्रीक सवारीसाधन चार्जिङ्ग स्टेशन बनाउने तयारी

काठमाडौं । विद्युतिय सवारी साधन (इलेक्ट्रीक भेहिकल) को चार्जिङ्ग स्टेशन सरकारी स्तरबाट राख्ने सम्बन्धमा बुधवार वातावरण विभाग पुल्चोकमा छलफल भएको छ । सो छलफलमा विभागका महानिर्देशक झलक राम अधिकारी, साझा यातायात, सुन्दर यातायात, किया मोटर्स, बीवाईडीलगायतका कम्पनीहरुको सहभागीता रहेको थियो ।

सो छलफलमा विद्युतीय सवारी साधनको लागि आवश्यक चार्जिङ्ग स्टेशन साझा यातायातको कम्पाउण्डमा राख्ने विषयमा छलफल भएकोछ ।

सो छलफलमा सुन्दर यातायातद्धारा आयातित चार्जिङ्ग स्टेशन प्रदर्शितसमेत गरिएको थियो । सो चार्जिङ्ग स्टेशन आधुनिक तथा ठूला साना सबै प्रकारका इलेक्ट्रीक भेहिकलहरुको लागि उपयुक्त हुने बताईएको थियो ।

विभागका महानिर्देशक अधिकारीकाअनुसार सरकारले यसै वर्ष उपत्यकाका ५ स्थान पहिचान गरि आधुनिक विद्युतीय चार्जिङ्ग स्टेशन निर्माण गरिने छ ।

चार्जिङ्ग स्टेशन सम्बन्धी आधारभूत अवधारणा पत्र सरोकारबाला पक्ष र व्यवसायी संलग्न रही चाँडैं तयार पारिने विभागले जनाएको छ ।


Back_to_top