दशैंमा अशोक लेलैण्डको गाडी किन्नेले छानेर उपहार पाउने

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले चाडपर्व लक्षित ‘दशैँ तिहारको बहार पक्का उपहार’को साथ बम्पर उपहार योजना ल्याएको छ । यस योजना अन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा ग्राहकले छानी छानी उपहार पाउने छन् ।

चाडपर्वमा ग्राहकहरुले अफरलाई नै बढि प्राथमिकता दिने भएको हुँदा ग्राहकको माग अनुसार नै यस योजना ल्याएको आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए ।

‘दशैँ तिहारको बहार पक्का उपहार’ योजना अनुसार ग्राहकले अशोक लेलैण्डको दोस्त, बसको साथै ट्रक र टिप्परको कुनै पनि मोडल खरिद गर्दा आफ्नो इच्छा अनुसार उपहार छानी छानी लानसक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले अशोक लेलैण्ड दोस्त गाडीको खरिदमा १५ ग्राम सुन अथवा स्मार्ट फोन मध्ये एक पाउने छन् । साथै, थप नगद छुटको साथ स्मार्ट टिभी पनि पाउने छन् ।

ग्राहकले प्रत्येक बस र टिप्परको खरिदमा ३० ग्राम सुन अथवा आइफोन १२ प्रो म्याक्स वा टीभीएस एनटर्क १२५ स्कुटर पाउने छन् । अझ आइसीभी हलेज, एमसीभी टिप्पर र बस मध्ये कुनै दुई गाडी एकै पटक किन्ने ग्राहकलाई म्याकबुक प्रो र आइफोन १२ प्रो म्याक्स वा रोयल इन्फिल्ड ३५० सीसी बुलेट मोटरसाइकल दिने जनाएको छ ।

त्यसैगरी दुईवटा टिप्परको खरिदमा ६० ग्राम सुन वा म्याकबुक प्रो र आइफोन १२ प्रो म्याक्स वा बुलेट मोटरसाइकल दिने जनाएको छ ।

यो योजन अन्तर्गत बम्पर उपहारमा तीन जान भाग्यशाली जोडीलाई ५ रात ६ दिने युरोप भ्रमणको अवसर प्रदान गरिने कम्पनीले जनाएको छ । यो योजना मंसिर ३० गतेसम्म मात्र लागु हुने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


Back_to_top