कमव्याक गर्दै होन्डा बीआर-भी, नयाँ डिजाइन र आधुनिक फिचरको प्रयोग

काठमाडौं । जापानी अटो उत्पादक होन्डाले आफ्नो ७ सीटर एसयूभी होन्डा बीआर-भीको सेकेण्ड जेनेरेशन मोडल सार्वजनिक गरेको छ । सेकेण्ड जेनेरेशन होन्डा बीआर-भी आफ्नो पहिलो जेनेरेशन भन्दा विल्कुलै नयाँ लुक्समा देखिएको छ । नयाँ लुक्सको साथै नयाँ बीआर-भीमा मोर्डन फिचर तथा एड्भान्स टेक्नलोजीको प्रयोग भएको छ ।

सन् २०२१ को सुरुवातमा होन्डाले यसको प्रि-प्रोडक्सन भर्सन ‘एन७एक्स’को नामबाट इण्डोनेशियामा सार्वजनिक गरेको थियो । अब भने यसको प्रोडक्सन मोडल सार्वजनिक भएको हो । होन्डाले यसको विक्री भने सन् २०२२ को सुरुवातबाट मात्र गर्ने जनाएको छ ।

कन्सेप्टसँग धेरैमात्रामा मिल्दोजुल्दो देखिएको बीआर-भी होन्डाको एशिया प्यासेफीकको आर एण्ड डी सेन्टरमा तयार गरिएको ७ सिट क्षमताको एसयूभी पारिवारीक कारको रुपमा डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

नयाँ एसयूभीको बाहिरी भागमा अपराईट नोज ग्रिल, मल्टीस्लट क्रोम फिनीस, र्याप अराउण्ड एलइडी हेडल्याम्प, स्पोर्टी एलइडी डिआरएल र एलईडी फगल्याम्प केसिङ जस्ता मुख्य फिचर पाउन सकिन्छ । विण्डो लाइन, ग्लसी व्ल्याक बडी क्लाइडिङ, स्पोर्टी मल्टीस्पोक अलोय ह्वील, सार्कफिन एन्टेना, रुफरेल तथा रुफमाउण्टेड स्पोइलर पाउन सकिन्छ ।

२२० एमएम ग्राउण्ड क्लियरेन्स रहने यो कारमा अडप्टीभ क्रुज कन्ट्रोल, लेन किपीङ असिस्ट, लेन डिपार्चर जस्ता फिचर उपलब्ध हुनेछन् ।

नयाँ जेनेरेशन बीआर-भीमा १.५ लिटर क्षमताको पेट्रोल इन्जिन रहने छ, जसले १२१ हर्सपावर तथा १४५ एनएम टर्क जेनेरेट गर्छ ।


Back_to_top