भृकुटीमण्डपमा शुक्रबारबाट यामाहाको ‘महा एक्सचेन्ज मेला’, टेष्ट ड्राइभमा सुन उपहार

काठमाडौं । यामाहाले असोज ८ गतेदेखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ । यामाहाको आधिकारीक विक्रेता एमएडब्लू इनटरप्राइजेजले ‘महा एक्सचेन्ज मेला’ नाम दिएर मेला आयोजना गर्न लागेको हो ।

कम्पनीले उपहार, नगद छुट र अन्य थुप्रै क्रियाकलापमा उपहार राखेर मेलामा आयोजना गर्ने जनाएको छ । कम्पनीले कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटर ल्याएर एक्सचेन्ज गर्नेलाई १० हजार थप मूल्यांकन दिने घोषणा गरेको छ ।

एक्सचेन्ज मेलामा टेष्ट ड्राइभ कार्यक्रम पनि राखिएको छ । उक्त टेष्ट ड्राइभमा सहभागी मध्येबाट हरेक दिन एक जनालाई सुनको सिक्का उपहार दिने कम्पनीले जनाएको छ ।

साथै, यस मेलामा गएर एक्सचेन्ज गर्ने वा नयाँ मोटरसाइकल किन्ने दुबै ग्राहकले कम्पनीले संचालन गरिरहेको चाडपर्व केन्द्रित अफर पनि पाउने छन् । ‘रेस फर दि एस’ स्कीम अन्तर्गत स्क्र्याचकार्ड मार्फत ८ हजारदेखि १ लाखसम्म नगद छुट, हरेक हप्ता १ जनालाई ४ तोला सुन र बम्परमा ३ जनालाई ४ तोला सुन दिने स्कीम संचालन गरिरहेको छ ।

कम्पनीले मेलामा मोटरसाइकल किन्नेलाई निःशुल्क एशोसरीज र जुनसुकै ब्राण्डको मोटरसाइकल निःशुल्क चेक र वास गरिदिने जनाएको छ ।


Back_to_top