अशोक लेलैण्डको “मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर”

काठमाडाै‌ । अशोक लेलैण्ड गाडीको नेपालका लागी आधिकारिक बिक्रेता आइएमई मोटर्सले, “मेगामन्सुन फ्रि चेकअपक्याम्प अफर” देशभर आफ्ना १३ आउटलेट्सहरुमा लागु हुने गरी ग्राहकमहानुभावहरु माझ ल्याएकोछ । यस योजनाअन्तर्गत ग्राहकमहानुभावहरुलाई केन्द्रित गर्दै फ्रि चेकअपक्याम्प सेवाप्रदानगर्नुका साथै स्पेयर पाटर््समा ५% छुट, १०% ल्युबमा, ३०% लेबरश्ुाल्क साथै ३०% च्यासिस ग्रीजिंगमा उपलब्ध गर्ने कम्पनीले बताएको छ ।

फ्रि चेकअपक्याम्प दौरान ग्राहकवर्गहरुले आकर्षक उपहारका साथै सुरक्षित ड्राईभिङ सम्बन्धि जानकारी लिन सक्नेछन् । 

 उस अबसरमा बोल्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले भने, “यस मेगामन्सुन फ्रि चेकअपक्याम्पअफर” नेपालभर एकैपटक गराउन पाएकोमा आफु गौरवान्वित महसुस गरेको र अशोक लेलैण्ड लिमिटेडलाई आगामी दिनहरुमा सुमधुर वातावरण बनाउन आग्रहसमेत गरे । 

त्यसैगरी, अशोक लेलैण्डका तर्फबाट अन्र्तराष्ट्रिय अपरेशन हेड, श्री अरुन रोयले यस आइएमई मोर्टर्स प्रा.लिसँग आवद्घ हुनु अघि नेपालको मार्केटलाई राम्रो सँग औँल्याउन नपाएको र आज सम्मको स्थितिमा आउँदा अशोक लेलैण्ड र आइएमई मोर्टर्स प्रा.लि.सँगको सहकार्य निकै महत्वपूर्ण भएको बताए 


Back_to_top