कुन बैंकले कतिमा दिन्छन् अटो लोन, यस्तो छ मुख्य बैंकको नयाँ व्याजदर

काठमाडौं । विश्वमा बिक्री हुने अधिकांश सवारी साधनलाई वित्तीय संस्थाहरुले कर्जा प्रबाह गर्ने गरेका छन् । अहिले नेपालमा कर्जा गाडीको मूल्यको ५० प्रतिशत मात्रै दिन पाउने व्यवस्था छ । तर, केही वर्ष अघिसम्म ८० प्रतिशत फाइनान्स सुविधा उपलब्ध रहेको थियो ।

नेपालमा स्टाण्डर्ड चाटर्ड बैंकले रिटेल बैंकिङ सुरु गरेसँगै चार पाङ्ग्रे वा दुई पाङग्रे सवारी साधन चढ्न इच्छुक तर पूरा रकम नभएकाहरुले अटो लोन लिएर सवारी साधन चढ्न थालेका हुन् ।

सुरुमा निश्चित रकम डाउन पेमेन्ट गरेर बाँकी रकम आफ्नो आम्दानी अनुसार सजिलो मासिक किस्तामा तिदै जाँदा हुने हुँदा धेरै ग्राहकहरु आकर्षित हुने गरेका छन् ।

नेपालको आक्रामक बैंकको रुपमा आफुलाई स्थापित गर्दै आएको एनआईसी एसिया बैंकले लकडाउन पछि सबैभन्दा पहिला ८.२५ प्रतिशत व्याजदरमै अटो लोन अफर गरेको छ । उसको अफर अनुसार व्याजदर एक वर्षसम्म स्थिर रहने भने सर्भिस चार्ज पनि ०.२५ प्रतिसत मात्र लाग्ने जनाएको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय ब्राण्ड स्टाण्डर्ड चार्टड बैंकले मात्र ७.५९ प्रतिशत व्याजदरमा अटो लोन दिन थालेको छ । हिमालयन बैंकले व्यक्तिगत सवारी साधनमा ८.४९ तथा कमर्सियल सवारी साधनमा १०.३९ प्रतिशतको अटो लोनको अफर ल्याएको छ ।

एभरेष्ट बैंकले चार पाङ्गे सवारी साधनमा ९.५५ तथा दुई पाङ्गे सवारी साधनमा १०.५५ प्रतिशतको अटो लोनको अफर गरेको छ ।
सानिमा, राष्ट्रिय बाणिज्य बैंकको क्रमश ९.९९ तथा ९.३२ प्रतिशतमा अटो लोन अफर गरेका छन् ।

राष्ट्र बैंकले हालै जारि गरेको निर्देशनमा क वर्गका कमर्सियल बैंकहरुले बढिमा ०.७५ प्रतिशतसम्म मात्र सर्भिस चार्ज लिन पाउने छन् । जसका कारण अब बैंकहरुले सर्भिस चार्जको नाममा घुमाएर नदेखिने कस्ट लगाउन पाउने छैन ।

अटो लोनमा विकास बैंकहरु पनि आक्रामक रहेका छन् । नेपालको सवैभन्दा ठूलो विकास बैंक मुक्तिनाथले आफ्नो वेस रेटमै अर्थात ९.९८ व्याजदरमा अटोलोन दिन सकिने जनाएको छ । त्यस्तै कामना सेवा विकास बैंकले १०.७५ प्रतिशतमा अटोलोन अफर गरेको छ ।

स्टाण्डर्ड चार्टड बैंकले सुरु गरेको अटोलोन प्रडक्ट विस्तारै सबै बैंक तथा फाइनान्सहरुले अपनाएका छन् । डिफल्ट रेट नगन्य मात्रामा हुने तथा डिफल्ट भई हालेमा पनि गाडी बैंककै नाममा रहने साथै सडकमा गुडिरहने भएकाले बैंकहरुलाई आफ्नो लोन उठाँउन त्यति गाह्रो हुँदैन ।

फेरी अहिलेको व्यवस्था अनुसार ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने भएकोले पनि अटोलोन बैकिङ्ग क्षेत्रको प्राथमिकतामा परेको छ । अहिले कोभिड १९ को प्रकोपसँगै बैकिङ्ग क्षेत्रमा तरलता बढ्दै गएकोले घर तथा गाडी कर्जामा प्रतिस्पर्धा हुन थालेको छ ।


Back_to_top