सार्वजनिक भयो यामाहाको नयाँ मोडल, कहिले आउला नेपाल

काठमाडौं । यामाहा एफजेडएस २५ भारतमा सार्वजनिक भएको छ । यामाहा एफजेड लाइनअपमा कम्पनीले नयाँ २५० सीसी मोटरसाइकल सार्वजनिक गरेको हो ।

यसको मूल्य १ लाख ५७ हजार भारतीय रुपैयाँ तोकिएको छ । योसँगै अल न्यू यामाहा एफजेडएस २५ एफजेड सिरिजकै प्रिमियम मोडल बनेको छ । यो यामाहा एफजेड २५ बीएस ६ भन्दा ५ हजार भारतीय रुपैयाँले महंगो रहेको छ ।

एफजेड २५ मा आधारित यो मोटरसाइकलमा केही नयाँ फिचर समावेश गरेको कम्पनीले जनाएको छ । यसमा नकल गार्डका साथै फ्रन्ट भाइजर थप गरिएको छ । यसमा एफजेड २५ बाटनै एलइडी लाइट तथा बीआई हेडल्याम्प समावेश गरिएको छ । यसका साथै एलइडी डिआरएल समेत उपलब्ध रहेको छ ।

यसका अलावा यो मोटरसाइकलमा साइड स्ट्याण्ड कट अफ सिस्टम, मल्टी फङस्न एलसीडी इन्स्टुमेन्ट कल्स्टर रहेको छ ।

यसको फ्रन्टमा टेलीस्कोपिक फर्क तथा रियरमा ७ स्टेप एड्जस्टएवल मोनोशक रहेको छ । ब्रेकिङमा डबल डिस्कका साथै डबल च्यानल एबीएस सुबिधा पाउन सकिन्छ ।

एफजेडएस २५० मा एफजेड २५ कै समान इन्जिन रहेको छ । यसमा रहेको २४९ सीसी बीएस६, सिंगल सिलिन्डर, एफआई, एयरकूल्ड इन्जिनले २०.८ पीएस पावर तथा २०.१ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

अबको केही महिनापछि यो नेपाली बजारमा आउन सक्ने अनुमान गरिएको छ । यामाहा मोटरसाइकल तथा स्कुटर एमएडब्ल्यू इन्टरप्राइजेजले बिक्री वितरण गर्दै आएको छ ।


Back_to_top