कम मूल्यका कारमा सुजुकीको बर्चश्व, यस्तो छ नयाँ मूल्यसूची

काठमाडौं । कम मूल्यको गाडीमा मारुती सुजुकीको बर्चश्व रहेको छ । कम्पनीले बिभिन्न १४ मोडलका ४३ भेरियन्टका कारहरु बिक्री गर्दै आएको छ । यति धेरै कम मूल्यका कार अन्य कम्पनीसँग यत्रो संख्यामा छैनन् ।

सिजी मोटो कर्पले बिक्री वितरण गर्दै आएका यी गाडीको मूल्य १८ लाख ९९ हजारदेखि ४७ लाख ९९ हजार रुपैयाँसम्म छन् ।

कम्पनीले बिक्री गर्ने १८ भेरियन्टको मूल्य ३० लाखभन्दा कम छ भने ११ भेरियन्टको मूल्य ३० देखि ४० लाख भित्र रहेको छ । त्यस्तै ४० लाखभन्दा माथिका बाँकी भेरियन्ट नेपालमा बिक्री वितरण हुँदै आएको छ ।

कम्पनीले साउन ८ गते सार्वजनिक गरेको मूल्यसूचीमा पेट्रोल इन्जिन युक्त ब्रेजाको मूल्य सार्वजनिक भएको छैन । पेट्रोल ब्रेजाको भिएक्सआई भेरियन्टको मूल्य ४१ लाख ६९ हजार र जेडएक्सआई भेरियन्टको मूल्य ४४ लाख ६९ हजार रुपैयाँ निर्धारण भएको छ ।

सिजी मोटो कर्पले सुरुवाति ५० जना ग्राहकलाई ३ लाख ७० हजार रुपैयाँ नगद छुट दिने घोषणा गरेको छ । योसँगै भिएक्सआई किन्ने ग्राहकले ३७ लाख ९९ हजार र जेडएक्सआई किन्ने ग्राहकले ४० लाख ९९ हजारमा नयाँ ब्रेजा खरिद गर्न सक्ने छन् ।

यस्तो छ सबै भेरियन्टको मूल्य


Back_to_top