बाइडुको चालक रहित रोबोट्याक्सी परिक्षणमा

काठमाडौं । हुन्डाई मोटर्सले अमेरिकी सहर लस एन्जलसमा चालक रहित रोबोट्याक्सीको परिक्षण गरिरहेको खबरसँगै चाइनीज टेक जायन्ट बाइडुले पनि बेइजीङको व्यस्त सडकमा रोबोट्याक्सी परिक्षण गर्ने भएको छ ।

गत शुक्रबार अपोलो गो रोबोट्याक्सी सर्भिस प्लेटफर्मलाई बेइजीङले सडक परिक्षणको अनुमति दिएको हो । कम्पनीका अनुसार एकै पटक १० वटा चालक रहित अटोनोमस ट्याक्सलाई बेइजीङको सडकमा परिक्षण गरिनेछ ।

बाइडुले सन् २०२३ भित्रै २ सयवटा अटोनोमस रोबोट्याक्सी गुडाउने लक्ष्य राखेको छ । बेइजीङमा बाइडु लगाएत धेरै स्टार्टअपहरुले रोबोट्याक्सीको परिक्षण गरिरहेका छन् ।

अहिले ६ सय वटा अटोनोमस ट्याक्सीहरु बेइजीङको सडकमा गुडिरहका छन् । बाइडुले लेवल ४ को अटोनोमस टेक्नलोजीमा ४० मिलियन किलोमिटर सुरक्षीत यात्रा गरिसकेको छ ।


Back_to_top