काठमाडौं । बजाजले यस वर्षको नाडा अटो शो र आउँदै गरेका चाडपर्व दशैं तिहार तथा छठलाई मध्यनजर गर्दै ‘बजाज भविष्यवाणी’ योजना सार्वजनिक गरेको छ ।
कम्पनीले ल्याएको नयाँ अफरमा बाइक किन्नुअघि नै ग्राहकले आफुले कति नगद जितेको छु भन्ने थाहा पाउने छ ।
‘अब कति जितिन्छ, पहिल्यै देखिन्छ’ ट्यागलाईन सहित आएको यस अफर योजनामा ग्राहकले बाइक किन्नुअघि नै एक लाख रुपैयाँसम्म नगद जित्न सक्ने छन् । भने बाइक किनिसकेपछि पनि १ लाख रुपैयाँसम्म जित्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले यो योजना आफुले बिक्री गर्दै आएको सबै मोडलमा लागु हुने जनाएको छ ।
बजाजका उत्पादन डोमिनार, पल्सर एनएस २००, पल्सर एनएस १६०, पल्सर २२०, पल्सर १५०, एभेन्जर २२०, एभेन्जर १८०, डिस्कभर र प्लाटिनाको विभिन्न मोडलहरु बिक्री गर्दै आएको छ ।
अहिले कम्पनीले सबैभन्दा महंगो मोटरसाइकल डोमिनार ५ लाख २९ हजार ९०० रुपैयाँमा बिक्री गर्दै आएको छ भने सबैभन्दा सस्तो मूल्यमा प्लाटिना १ लाख ६४ हजार ९०० रुपैयाँमा बिक्री गर्दै आएको छ ।
पल्सर सिरिजमा एनएस २०० को मूल्य ३ लाख १९ हजार ९०० रुपैयाँ रहेको छ । साथै, कम्पनीले बिक्री गर्दै आएको पल्सर एनएस १६० को २ लाख ८६ हजार ९०० रहेको छ ।
पल्सर २२० को मूल्य ३ लाख ११ हजार ९०० रुपैयाँ, एभेन्जर क्रुजरको मूल्य ३ लाख ३९ हजार ९००, डिस्कभरको मूल्य १ लाख ८३ हजार ९०० देखि २ लाख १ हजार ९०० रुपैयाँसम्म रहेको छ ।
त्यस्तै कम्पनीले एभेन्जर स्ट्रीटको मूल्य २ लाख ९९ हजार ९०० देखि ३ लाख १९ हजार ९०० रुपैयाँसम्म तोकेको छ ।


