बजाजको शून्य अफरः अन्य कम्पनीलाई चुनौती बन्दै, ८ दिनमा १४ जनाले जिते जनही १ लाख

काठमाडौं । बजाजले पछिल्लो समय ल्याएको ‘शून्यको भ्यालु अफर’ चर्चामा रहेको छ । कम्पनीले ल्याएको अफरमा ग्राहकले मोटरसाइकल किनेपछि मोबाइलमा एसएमएस मार्फत आउने शून्यको भ्यालु निर्धारण गरेर नगद जित्न सक्नेछन् ।

कम्पनीका अनुसार न्यूनतम ४ शून्यको भ्यालु ग्राहकले हरेक बजाज मोटरसाइकलको खरिदमा प्राप्त गर्नेछन् । यसको भ्यालु भनेको १० हजार रुपैयाँ हुन्छ । यस योजनामा अधिकतमा १० लाख रुपैयाँसम्म ग्राहकले जित्न सक्नेछन् । ६ शून्य जित्ने ग्राहकले १० लाख जित्नेछन् ।

यो योजनामा ग्राहकले हालसम्म ५ शून्यको भ्यालु जितेका छन् । यसको मतलब ग्राहकले १ लाखसम्म यो योजना अन्तर्गत जितिसकेका छन् । यो योजना चैत्र १ गतेदेखि सुरु भएको थियो । चैत ९ गतेसम्ममा १४ जना भाग्यशाली ग्राहकले नगद १ लाख रुपैयाँका दरले जित्न सफल भएको कम्पनीले जनाएको छ ।

यो योजनमा हरेक दिन देशभरका शोरुमबाट मोटरसाइकल किन्ने ग्राहकले नगद जित्न सफल भएका छन् । यो स्कीम जेष्ठ पहिलो हप्तासम्म चल्न सक्नेछ ।
१ लाखसम्मको नगद छुट प्राप्त गर्ने ग्राहकले तुरुन्तै नगद प्राप्त गर्नेछन् भने १० लाख जितेको खण्डमा केही समय पश्चात प्राप्त गर्नेछन् ।

शून्य अफरमा ग्राहकले शून्य प्रतिशत ब्याजदरमा मोटरसाइकल खरिद गर्ने स्कीमसमेत रहेको छ ।

बाजजको कुनै पनि मोटरसाइकल किनेर यो योजनमा सहभागी हुन सकिनेछ । यो योजनमा नेपालभर रहेको बजाजको आधिकारिक शोरुममा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यसअघि होन्डाले ल्याएको स्कीममा ५० हजार रुपैयाँ धेरैले जितेका थिए । यस्तो किसिमको अफरले अन्य कम्पनीलाई भने चुनौती बन्दै गएको छ । नेपालमा विशेष गरेर यस्ता अफरमा न्यूनतम रकम जति तोकिएको छ त्यति मात्र जित्ने गरेका पाइन्थ्यो तर, बजाजको हालको स्कीममा भने हरेक दिन लगभग दुई जनाले १ लाख जित्न सफल भएको देखिन्छ ।

अन्य मोटरसाइकल कम्पनीले यस्तो स्कीम हालसम्म ल्याएका छैनन् । ल्याएको खण्डमा पनि यसरी नगद रकम कमै मात्रले जित्न सफल भइएको पाइन्छ । २ लाखको मोटरसाइकल किन्दा १ लाख जित्नु सामान्य कुरा होइन । बजाजले नेपाली बजारमा ६ लाखसम्मको मोटरसाइकल विक्री गर्दै आइरहेको छ ।


Back_to_top