काठमाडौं । यामाहाको महा एक्स्चेन्ज मेला आज अन्तिम दिन रहेको छ । चैत्र ५ गतेदेखि राजधानीको भृकुटीमण्डपमा उक्त मेला सुरु भएको थियो ।
यस मेलमा ग्राहकले जुनसुकै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग यामाहाको नयाँ मोटरसाइकल तथा स्कुटर एक्स्चेन्ज गर्न सक्नेछन् । ग्राहकले हरेक एक्स्चेन्जमा १५ हजार थप मूल्याङकन रहेको छ । यसका साथै यो मेलामा शून्य प्रतिशत ब्याजदर, कम डाउनपेमेन्ट जस्ता सुविधा रहेको छ ।
त्यसैगरी नगदमा मोटरसाइकल किन्न चाहाने ग्राहकका लागि नगद १० हजार रुपैयाँ छुट, फ्रि एशोसरिज जस्ता सुविधा रहेको छ । यो महा एक्स्चेन्ज मेलामा सहभागी भएर यामाहाको टेष्ट ड्राइभ गरेर हेलिकप्टर राइड जित्न सक्नेछन् ।
यामाहाको एफजेड सिरिज, एमटी, आर १५ भी ३, रेजेडआर, फसिनो जस्ता अन्य मोटरसाइकल मेलामा रहको छ ।
यो मेलामा यामाहाको बिग बाइक बोल्ट, एमटी ९००, टीम्याक्स र आर ६ मोटरसाइकल समेत प्रर्दशन गरिएको छ ।


