बजाज र ट्राइम्फको सहकार्यमा साना मोटरसाइकल पनि आउने

काठमाडौं । बजाज र ट्राइम्फको सहकार्यमा निर्माण भएको मोटरसाइकल विगत एक बर्षदेखि परिक्षणकै क्रममा रहेको छ ।

भारतीय मोटरसाइकल उत्पादक कम्पनी बजाज र बेलायती मोटरसाइकल उत्पादक दुई कम्पनीले सहकार्य गरेर भारतमा ट्राइम्फ ब्रान्डका मोटरसाइकल उत्पादनको काम गर्दै आएका छन् ।

यी दुई कम्पनी बीच प्लेटर्फम सेयर गर्ने गरी सम्झौंता भएको छ भने बजाजले २५० सीसी र ४०० सीसीका मोटरसाइकल ट्राइम्फ तथा बजाज दुबै ब्रान्डमा ल्याउने छ ।

पहिलो चरणमा कम्पनीले भारतीय बजार लक्षीत गरेर २५० सीसी मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको छ । साथै ४०० सीसी मोटरसाइकल ग्लोबल मार्केटमा सार्वजनिक गर्नेछ ।

कम्पनीले गत वर्षदेखि नै २५० सीसी इन्जिनका स्क्रयाम्वलर र रोडस्टार डिजाइनका दुई मोटरसाइकलको परिक्षणलाई तीब्र पारेको छ ।

कम्पनीले ल्याउने २५० सीसी मोटरसाइकलको इन्जिनले ३० हर्सपावर जेनेरेट गर्नेछ । बजाज ट्राइम्फ सहकार्यमा उत्पादन हुने मोटरसाइकलमा डबल च्यानल एबीएस, स्लिपर असिस्ट क्लच, स्मार्ट कनेक्ट फिचर, यूएसडी फर्क जस्ता प्रिमियम फिचर हुनेछन् ।

बजाजले भारतीय बजारमा परिक्षण गरिरहेको बजाज ट्राइम्फ स्क्रयाम्वलर मोटरसाइकल २०२३ मो मध्यसम्ममा सार्वजनिक हुने अनुमान गर्न सकिन्छ । सन् २०२३ को अन्तिमसम्ममा यी मोटरसाइकल भारतीय बजारमा विक्री सुरु हुने अनुमान गरिएको छ ।


Back_to_top