दुई पीकअप र एक कार्गो भ्यानसहित म्याक्सस ब्राण्ड नेपालमा

काठमाडौं । नेपाली बजारमा म्याक्सस ब्राण्डका तीन वटा सवारीसाधन सार्वजनिक भएको छ। म्याक्सस ब्राण्डको लागि नेपालको आधिकारीक विक्रेता पारामाउन्ट मोटर्स प्रालिले म्याक्सस टी ६०, टी ७० पिकअप ट्रक र भी ८० कार्गो भ्यान लन्च गरेको हो ।

कम्पनीले यी गाडीहरूको लन्चसँगै शोरूम उद्घाटन गरेको छ भने आजबाट बुकिङ खुल्ला समेत गरेको जनाएको छ । यी प्रिमियम गाडीहरूमा भेरिएबल जिओमेट्री टर्बोचार्जर प्रविधि सहित डिजाइन गरिएको २.८ लिटर र २.० लिटर टर्बो डिजेल इन्जिन रहेको छ ।

जसले ३६० एनएम र ३७५ एनएम पीक टर्क उत्पादन गर्छ भने अधिकतम पावर ११० किलोवाट र १२० किलोवाट क्षमताको रहेको छ ।

मिडसाइज पीकअपको रूपमा वर्गीकरण गरिएका यी म्याक्ससका पीकअप सेग्मेन्टमै सबैभन्दा लामो र चौडा गाडी रहेको कम्पनीको दाबी छ । यसको ह्विलबेस ३१५५ एमएम रहेको छ ।

त्यसैगरी, नेपालको भौगोलिक क्षेत्रका लगि उपयुक्त यो पीकअपको ग्राउण्ड क्लियरेन्स २१५ एमएम पाउन सकिन्छ ।
सुरक्षाको हिसाबले फाइभ स्टार एएनसीएपी रेटिङ पाएको टी ६० निकै सुरक्षित रहेको छ ।

म्याक्सस टी ६० र टी ७० पीकअप ट्रकहरूमा अटोमेटिक एसी, कीलेस इन्ट्री र स्टार्ट, पुस स्टार्ट बटन, हाइट एडजस्टेबल स्टेयरिङ ह्वील, क्रुज कन्ट्रोल, रेन सेन्सिङ वाइपर, ब्लुटुथ कनेक्टिभिटी र अटोमेटिक क्लाइमेट कन्ट्रोल लगायतका फिचर्स पाउन सकिन्छ ।

यसमा अन्य फिचर्स जस्तै चारवटा एयरब्याग, इलेक्ट्रोनिक बेकफोर्स डिस्ट्रिब्युसन (ईबीडी) सहितको एबीएस, ईएसपी, आइएसओफिक्स चाइल्ड सिट, हिल स्टार्ट असिस्ट सिस्टम, ट्र्याक्सन कन्ट्रोल सिस्टम, इलेक्ट्रोनिक ब्रेक असिस्ट, रियर पार्किड सेन्सर र रिभर्स क्यामेरा पनि समावेश रहेका छन् ।

त्यसैगरी, कम्पनीले सार्वजनिक गरेको म्याक्सस भी ८० कार्गो भ्यान यूरो ४ इमिसन स्ट्यान्डर्ड इको डी २.५ लिटर टर्बो डिजेल कमन रेल डाइरेक्ट इन्जेक्सनबाट संचालन हुन्छ । यसमा रहेको बोसको इन्टरकुल्ड इलेक्ट्रोनिक रूपमा रेगुलेट हुने इन्जिनले ३८०० आरपीएममा १०० किलोवाट पावर र ३३० टर्क जेनेरेट गर्छ । यसमा फेमिली ट्रिप र ट्रान्सपोर्टका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ ।

पारामाउन्ट मोटर्सले नेपाली बजारका लागि म्याक्सस टी ६०को मूल्य ७७ लाख ९९ हजार, टी ७०को मूल्य ६८ लाख ४९ हजार र भी ८० को मूल्य ५० लाख ४९ हजार रूपैयाँ निर्धारण गरेको छ ।


Back_to_top