सेगवेले सुरु गर्‍यो नेपालमै पहिलो ब्याट्री स्वापिङ सेवा

काठमाडौं । सेगवे नाइनबट इलेक्ट्रीक स्कुटरको नेपालको लागि आधिकारीक विक्रेता आइहव प्रालिले नेपाल मै पहिलो पटक ब्याट्री स्वापिङ सुविधा सुरु गरेको छ ।

कम्पनीले पहिला पटक उपत्यकामा रहेको आफ्नो झम्सीखेल शोरुमबाट ब्याट्री स्वापिङ सुविधा सुरु गरेको हो । जो कोहिले स्कुटर लिएर काममा निस्कदा चार्जकै कारण समस्यामा पर्न नपरोस् भनेर कम्पनीले ब्याट्री स्वापिङ सुविधा संचालनमा ल्याएको जनाएको छ ।

यसरी स्वापिङ गरेर लगेको ब्याट्री ३४ दिनमा ग्राहकले फिर्ता गर्नु पर्ने हुन्छ । साथै, कम्पनीले ग्राहकको सहजताको लागि विभिन्न १० स्थानमा चार्जिङ स्टेशन समेत संचालनमा ल्याउने तयारी गरिरहेको छ ।

कम्पनीले भक्तपुर, ललितपुर र काठमाडौँका सहज र पहुँचयोग्य स्थानमा चार्जिङ स्टेशन जडान गरिने बताएको छ । सेगवे–नाइनबटले विश्वव्यापी रूपमा प्रख्यात दुई पाङ्ग्रे सेल्फ–ब्यालेन्सिङ्ग स्कुटर तथा किक स्कुटरहरुसमेत विक्री गर्दै आएको छ ।


Back_to_top