सुजुकी जिम्नी पनि इलेक्ट्रीकमा, रेन्ज ५५० किलोमिटर

काठमाडौं । सुजुकीको चर्चित एसयूभी जिम्नी स्मल अफ-रोडरको इलेक्ट्रीक भर्सन आउने भएको छ । कम्पनीले सन् २०३० सम्ममा युरोपमा पाँचवटा नयाँ विद्युतीय कार ल्याउने योजना सार्वजनिक गरे अनुसार आगामी वर्ष जिम्नीको इलेक्ट्रीक भर्सन सार्वजनिक गर्ने भएको हो ।

यो सानो अफरोड एसयूभीको इलेक्ट्रीक भर्सन सुजुकी ईभीएक्समा आधारित रहेर आउने अनुमान गर्न सकिन्छ । सुजुकीले ईभीएक्स कन्सेप्टलाई जनवरीमा सम्पन्न भएको अटो एक्स्पो २०२३ मा प्रदर्शनी गरेको थियो ।

सुजुकीले जिम्नी ईभी फाइभ डोरको साइजमा ल्याउने अनुमान छ । यसको लम्बाई ४३०० एमएम, चौडाई १८०० एमएम र उचाई १६०० एमएम रहेको छ । जिम्नी ईभीलाई कम्पनीले मोडर्न र फ्युचरिस्टिक डिजाइनमा तयार गर्ने अपेक्षा गरिएको छ ।

जिम्नीको बाहिरी लुक्स निकै आकर्षक रहने छ । तर, कम्पनीले यसको इन्टेरियर लगायतका विषयमा भने कुनै जानकारी बाहिर ल्याएको छैन । तर, यसलाई अल ह्वील ड्राइभ सिस्टमा ल्याउने विभिन्न रिपोर्टले उल्लेख गरेका छन् ।

जापानी निर्माताले जिम्नीको इलेक्ट्रीक भर्सनमा ६० किलोवाट आवर क्षमताको ब्याट्री प्याक दिने छ । उक्त ब्याट्रीलाई फुल चार्जमा ५५० किलोमिटरसम्म गुडाउन सकिने छ ।


Back_to_top