बजाजले इन्डियाले आज एक कार्यक्रम गर्दै पुन स्कुटर उत्पादन सुरु गरेको जनाएको छ । तर, कम्पनीले उक्त स्कुटर इलेक्ट्रीक मोटरको साथ सार्वजनिक गरेको हो ।
कम्पनीले करिब १४ वर्षपछि आफ्नो चर्चित स्कुटर चेतकको नामबाटै नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो । यद्यपी यसको बिक्री भने सन् २०२० को सुरुवातसँगै गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले ल्याएको पहिलो इलेक्ट्रीक स्कुटर पूर्णत क्लासिक डिजाइनमा रहेको छ भने, यसको हेडल्याम्प भेष्पाको जस्तै रहेको छ । कर्भी एप्रोन र बल्की डिजाइनले स्कुटरलाई निकै आकर्षक देखाएको छ ।
नयाँ स्कुटर सार्वजनिक गर्दै कम्पनीका एमडी राजिव बजाजले भने ‘हामीले सेप्टेम्बर २५ बाट इलेक्ट्रीक स्कुटर चेतकको उत्पादन सुरु गरेका छौं । यसको आधिकारीक बिक्री भने २०२० जनवरीमा पुर्णेबाट सुरु हुने छ । यसको मूल्य आक्रमक बनाउने लक्ष्य हामीले लिएका छौं ।’
यसमा दिइएको आईपी ६७ लिथिएम आयन व्याट्री दिइएको छ । फुल डिजिटल इन्ट्रुमेन्ट कन्सोल दिइएको छ । यसमा रहेका हरेक फिचर मोवाइलबाट कन्ट्रोल गर्न सकिने बताइएको छ ।
कम्पनीले आजबाटै २० वटा चेतक स्कुटर बिभिन्न सहर हुँदै महाराष्ट्रको पुर्णेसम्मको ३ हजार किलोमिटर यात्रा सुरु गरेको छ ।

