मिडसाइज एसयूभी निर्माण गर्दै फोर्ड र महिन्द्रा

फोर्डले किया सेल्टोस र जीप कम्पाससँग प्रतिस्पर्धा गर्नेगरि दुई नयाँ मिडसाइज एसयूभी निर्माण गर्ने भएको छ  । 

महिन्द्रासँगको सहकार्यमा बनाइएको नयाँ ज्वइन्ट भेञ्चर कम्पनी मार्फत तीन नयाँ युटीलिटी भइकल निर्माण गर्ने घोषणा गरेको फोर्डले दुईवटा मिडसाइज एसयूभी ल्याउने भएको हो । महिन्द्रा र फोर्डको सहकार्य अनुरुप फोर्डले लगानीको ४९ प्रतिशत र महिन्द्राले ५१ प्रतिशत हिस्सा ओगटेका छन् ।

सात सिट अप्शनमा आउने मिडसाइज एसयूभी महिन्द्रा एक्सयूभी ५००को प्ल्याटफर्ममा निर्माण हुने फोर्डले जनाएको छ । साइजमा एक्सयूभी ५००सँग मिल्दोजुल्दो हुने मिडसाइज एसयूभी पावरफुल इन्जिन, फिचर र आकर्षक लुक्समा आउने कम्पनीले जनाएको छ ।

फोर्डको नयाँ मिडसाइड एसयूभीको इन्जिन, पावर, फिचरलगायत आधारमा किया सेल्टोस, जीप कम्पास, एमजी हेक्टर, नयाँ हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्ने छ । फोर्ड र महिन्द्रा दुई कम्पनीको रणनीति, योजना तथा इन्जिनियरिङ्गमा निर्माण भएको एसयूभी उत्कृष्ट हुने अपेक्षा गरिएको छ ।

दुई जायन्ट अटोमोबाइल कम्पनी फोर्ड र महिन्द्राले करिब दुइ वर्ष अगाडि सहकार्य गर्ने घोषणा गरेका थिए । फोर्डले सम्झौता अनुरुप २ हजार करोड भारु लगानी गर्ने भएको छ । योजना अनुसार दुबै कम्पनी, आगामी वर्षको जुन महिनाबाट गाडी उतपादनमा जुुट्ने भएका छन ।


Back_to_top