जिक्सर २५० नेकेड टेष्ट ड्राइभः मूल्य अनुसारकाे पावर र उच्च गतिले लोभ्याउँछ

काठमाडौं । गत भदौमा भएको नाडा अटो शो २०१९ मा भीजी सुजुकीले नेपाली बाजरमा प्रतिक्षित मोटरसाइकल जिक्सर २५० एसएफ र नेकेड दुई मोडल एकैपटक सार्वजनिक गरेको थियो । 

नेपाली बजारमा नेकेड मोटरसाइकलको बजार निकै राम्रो रहेकाले भीजी सुजुकीले जिक्सर २५० नेकेडले निकै राम्रो व्यापार गर्ने आशा गरेको छ ।

सुजुकी जिक्सर नेपाली सडक तथा ग्राहकका लागि नयाँ नभएपनि २५० सीसीको पावरफुल मोटरसाइकल चाहनेहरुको लागि भने यो विल्कुलै नयाँ मोडल हो । 

नेपाली बजारमा सुजकी जिक्सर १५० सुजुकी कै लोकप्रिय मोटरसाइकल भइसकेको छ । १५० सीसीमा राम्रो उपस्थिति जनाएको सुजकी जिक्सर २५० नेपाली बजारमा भित्रिएपछि यसको चर्चा निक्कै बढेको छ । 

नेपाली बजारमा आएको नयाँ जिक्सर २५० मोटरसाइकल मेरोअटोले टेष्ट ड्राइभ गरेको छ । यही टेष्ट ड्राइभका आधारमा २५० सीसीको मोटरसाइकल किन्ने सोच बनाएका ग्राहकलाई यसको विशेष पक्षको बारेमा जानकारी दिने प्रयास गरेका छौं ।

१. लुक्स

आर्कषक नयाँ हेडल्याम्पमा आएको यो नेकेड मोटरसाइकललाई यसको कर्भ फ्युल ट्याङ्कले माचो लुक प्रदान गरेको छ । यसको स्पीट सिट तथा आर्कषक डिजाइनको एलइडी टेलल्याम्पले मोटरसाइकललाई स्पोर्टी बनाएको छ । 

जिक्सरको डबल मफलर एक्जष्ट, ब्रस फिनिस अलोय ह्वील तथा अल न्यू डिजिटल इन्स्टुमेन्ट कन्सोलले जो कोहीलाई लोभ्याउँछ । नयाँ कन्सोलले मोटरसाइकलको लुक्सलाई आर्कषक तथा स्पोर्टी बनाएको छ ।

२. इन्जिन

यस मोटरसाइकलमा रहेको २४९ सीसी ४ स्ट्रोक सिगंल सिलिन्डर एसओएचसी फ्यूल इन्जेक्सन इन्जिनले ९००० आरपीएममा  २६ बीएच पावर तथा ७००० आरपीएममा २२.६ एनएम टर्क जेनेरेट गर्छ । यसको इन्जिनमा ६ स्पीडको गियरबक्स रहेको छ । 

यो इन्जिनले ९००० आरपीएममा जेनेरेट गर्ने २६ बीएच पावरले यो सेग्मेन्टको मोटरसाइकलमा पिक पावरलाई केही कम महशुस गराउँछ । यसमा फ्यूल इन्जेक्सन टेक्नोलोजी, एयरकूल्ड, १५० किलोमिटर प्रतिघन्टा टप स्पीड जस्ता बिशेषता रहेकाले रफ्तार मनपराउनेको लागि यो उपयूक्त मोटरसाइकल हो ।

 

३. ब्रेकिङ/सस्पेन्शन

फ्रन्ट तथा रियरमा १७ इन्चको ह्वील रहेको यो मोटरसाइकलको दुबै ह्वीलमा डिस्क ब्रेक दिइएको छ । डबल च्यानल स्यान्डर्ड एबीएस बिशेषता रहेकाले यसको ब्रकिङ सिस्टम निकै अब्बल रहेको छ । साथै यसको फ्रन्टमा टेलीस्कोपीक तथा रियरमा स्वीङ आर्म मोनोशक दिइएको छ ।

४. फिचर/बिशेषता

नेकेड स्ट्रीट फाइटर यो मोटरसाइकल सिगंल पिस ह्यान्डलबार तथा यसको राइडिङ पोस्चरले आरामदायी राइडका लागि मद्धत गर्छ । यो मोटरसाइकलमा भाइब्रेसन अत्यन्त कम रहेको छ भने डबल च्यानल एबीएसले ब्रेकिङलाई प्रभावकारी बनाएको छ । 

अल न्यू डिजिटल कन्सोलमा, डिजिटल स्पीडो मिटर, टेकोमिटर, गियर इन्डिकेटर, फ्यूल वार्निग, फ्यूल गज जस्ता फिचरले मोटरसाइकल निकै लोडेड रहेको छ । 

१६५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको यो मोटरसाइकलले प्रतिलिटर ३८ किलोमिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ । यसको मूल्य ४ लाख ६१ हजार ९०० रुपैयाँ रहेको छ । 


Back_to_top