१८ एक्स्चेन्ज हाउसको सहयोगमा बजाजको दशैं स्कीम

काठमाडौं । बजाजले ‘प्रि दशैं अफर’ स्कीम आयोजना सुरु गरेको छ । बजाजको नेपालका लागि आधिकारिक वितरक हशंराज हुलासचन्द एण्ड कम्पनीले आज असोज ७ देखि १२ गतेसम्मका लागि काठमाडौंको भृकुटीमण्डपमा बजाज ग्राण्ड कार्निभल सुरु गरेको हो ।

कम्पनीले आउँदै गरेको दशैंलाई लक्षित गर्दै प्रि दशै अफरको रुपमा उक्त कार्निभल आयोजना गरेको जनाएको छ । यस कार्निभलको आकर्षक अफरहरुको रुपमा कम्पनीले १८ भन्दा बढी मुल्याङ्कनकर्ता द्वारा ग्राहकसँग भएको जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल तथा स्कुटरको एक्स्चेन्जमा भने जतिकै उत्कृष्ट मुल्याङ्कन दिने दावी गरेको छ ।

यसका साथै नयाँ मोटरसाइकल खरिद गरेका वा एक्स्चेन्ज गरेका ग्राहक मध्य हरेक दिन लक्की ड्र मार्फत १ जना भाग्यशाली ग्राहकलाई १० तोला चाँदी उपहार पनि दिइने कम्पनीले जनाएको छ । त्यसैगरी, अन द स्पट ग्राहकलाई सहज रुपमा फाइनान्सको सुबिधा पनि कम्पनीले उपलब्ध गराउने छ ।

यसका अलावा बजाजले केहि समय अघि ल्याएको ‘हात हातमा हात्ती, लकमा लखपति’ नामक दशैंकै फेस्टिभ अफरसमेत यस सिजनमा लागु हुने जनाएको छ ।


Back_to_top