काठमाडौं । बजाज मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले शून्य प्रतिशत व्याजदरमा मोटरसाइकल किन्न सकिने स्कीम ल्याएको छ । कम्पनीले ग्राहकले विना व्याजदरमा नै मोटरसाइकल किन्न सक्ने स्कीम ल्याएको हो ।
कम्पनीका अनुसार यो योजनामा ग्राहकले बजाजका कुनै पनि मोटरसाइकल खरिद गर्न सक्ने छन् । ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेर बजाज मोटरसाइकल खरिद गर्दा ब्याज वापत कुनैपनि शुल्क तिर्नु नपर्ने कम्पनीले जनाएको छ । यो योजना अन्तर्गत ग्राहकले १८ महिनाको अवधिमा किस्ता वापतको रकम तिरिसक्नु पर्नेछ ।
यो योजनामा मोटरसाइकल खरिद गर्न चाहने ग्राहकले लाइसेन्सको फोटोकपी, नागरिकताको फोटोकपी, ३ प्रति फोटो र आयस्रोत खुल्ने कागजपत्र सहित शोरुममा जानु पर्ने हुन्छ । साथै, जामानी बस्नेको जग्गाको लालपुर्जाको फोटोकपी, विजुली वा पानीको विल, नागरिकताको फोटोकपी एक–एक प्रतिसहित आफैँ उपस्थित हुनु पर्नेछ । यी कागजपत्र तयारी गरेर गएमा ग्राहले सहजै बजाजका मोटरसाइकल खरिद गर्न सक्नेछन् ।
बजाजले यो योजनमा बजाज डोमिनार ४००, २५०, पल्सर २२०, १५०, १२५, पल्सर एनएस २००, १६०, एभेन्जर २००, १६०, बजाज डिस्कभर १२५, १५० र प्लाटीना उपलब्ध हुने जनाएको छ ।


