६ महिना भित्र बजाजले ६ नयाँ मोडल ल्याउने

बजाज मोटरसाइकलले आगामी ६ महिनाभित्र ६ नयाँ मोडलका मोटरसाईकल बजारमा ल्याउने भएको छ । कम्पनीले आगामी नोभेम्बरसम्ममा ६ नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको मनि कन्ट्रोलले उल्लेख गरेको छ ।

कम्पनीले बजाजका केही उत्पादनलाई अपग्रेड गर्दैछ भने नयाँ मोडलसमेत ल्याउने तयारी गरेको छ । नयाँ आउने मोडलमा केटीएम र हुस्कभर्नाका उत्पादनसमेत रहने छ ।

बजाज अटोका चिफ कर्मशियल अफिसर राकेश शर्माका अनुसार ‘अहिले हामीलाई इन्ट्रिलेवल सेग्मेन्टले बजार बिस्तारमा सहयोग गरिरहेको छ भने स्पोर्ट मोडलको बिक्रीपनि सानदार रहेको छ । यस्तोमा कम्पनीले ल्याउने आगामी प्रडक्टले नयाँ बजार प्रदान गर्नेछ ।’ 

‘हामीले अघिल्लो महिना नयाँ दुई मोडल बजारमा ल्याइसकेका थियौं । आगामी जुन महिनामा हामी २ वटा नयाँ मोडल सार्वजनिक गर्छौ । अबको ४ महिना भित्र अन्य ४ नयाँ मोडल आउने छन् । ती मोडलहरु निकै इनोभेटिभ हुने छन् तर, ठूलो परिवर्तन भने हुँदैनन्’ शर्माले भने । 

मनि कन्ट्रोलका अनुसार बजाजले आफ्नो १०० सीसीको सिटी र प्लाटिनामा अपग्रेड गर्नेछ भने नयाँ पल्सर सिरिजमा १२५ सीसी मोडल सार्वजनिक गर्नेछ । साथै, कम्पनीले पल्सर सिरिजमा परिवर्तन गर्ने तयारी गरिरहेको बताएको छ । त्यसैगरी कम्पनीले स्वीडीस बाइक उत्पादक कम्पनी हुस्कभर्नासँग मिलेर नयाँ बाइक समेत ल्याउने छ । 

शर्माका अनुसार आगामी चार्डपर्वको अवसर पारेर कम्पनीले हुस्कभर्नाका उत्पादनहरु सार्वजनिक गर्ने तयारी गरिरहेको छ । 


Back_to_top