बजाजले ल्याउँदै २ नयाँ बाइक

बजाज मोटरसाइलकले आगामी वर्ष दुई नयाँ इन्ट्रिलेवल बाइक सार्वजनिक गर्ने भएको छ  । 

बजाजले आफ्नो इन्ट्रिलेवल पोर्टफोलियोलाई बलियो बनाउन प्लाटिन-१२५ र पल्सर-१२५ मोटरसाइकल २०१९ मा बजारमा  ल्याउन लागेको बताएको छ ।

यसको इन्जिन १२४.६ सीसी फोर भल्व सिंगल सिलिन्डर क्षमता रहने छ । कम्पनीले ट्विन स्पार्क इन्जिनको पुनः प्रयोग गर्ने अनुमान गरिएको छ । उक्त इन्जिनले ९००० आरपीएममा १३ वीएचपी पावर तथा ७००० आरपीएममा १०.८ एनएम टर्क उत्पादन क्षमता राख्छ । साथै यी बाइकमा  ५ स्पीड क्षमताको गियरबक्स जडान गनेछ । 

बजाजले आगामी आर्थिक वर्षमा २० प्रतिशत बजार शेयर वृद्धि गर्ने लक्ष्यसहित प्लाटिना-१०० मोटरसाईकलको मूल्य घटाएर बिक्री वितरण गरिरहेको छ । यसले कम्पनी आफ्नो बजार हिस्सा बढाउन निकै आतुर रहेको अनुमान लगाउन कठिन छैन । 

कम्पनीले दिर्घकालिन रुपमा २५ प्रतिशत बजार हिस्सा बढाउने रणनीतिसमेत लिएको छ । 


Back_to_top