जापानीज अटो निर्माता कम्पनी होन्डाले सन् २०१९को सुरुवातमा होन्डा ब्रियोको नयाँ जेनेरेशन सार्वजनिक गर्ने भएको छ । मिडिया रिपोर्टका अनुसार, होन्डा ब्रियो स्पोर्टी, स्टाईलीस र पथ फिचरसहित आउने छ ।
सामान राख्न बुटस्पेश धेरै रहने यसकारको लम्बाई पुरानोको तुलनामा केही लामो हुने छ । साथै, यसमा नयाँ एलोय ह्वील, एलईडी लाइट, नयाँ प्रोजेक्ट हेडल्याम्प दिइने छ ।
७ इन्च टचस्क्रिन ईन्फोटेन्मेन्ट सिस्टम रहने यसकारमा एन्ड्रोइड अटो र एप्पल कार प्लेसमेत जडान गरिने छ ।
प्रविधिको उच्चतम प्रयोग गर्न खोजिएको यस कारलाई मानिसको निर्देश अनुसार भ्वाइस कमान्डबाट इन्जिन स्टार्ट र बन्द गर्न सकिने छ ।
नयाँ होन्डा ब्रिओमा १.२ लिटर आई—भिटेक फोर सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । जसले ८९ विएचपी पावर र ११० एनएम टर्क उत्पादन गर्छ । यस गाडीमा ५ स्पिड सीभीटी क्षमताको ट्रान्समिसन अप्सन पनि राखिएको छ ।


